logo
  • शुक्रबार, असोज ३० २०८३

गरिव, विपन्न तथा पछाडी परेका वर्गको अवस्था परिवर्तनका लागि नीतिगत पहल गर्छु : हिराबहादुर खत्री


  • बिहिबार, फाल्गुन ७ २०८२

देवदह । प्रतिनिधि सभा सदस्य निर्वाचनकालागि रुपन्देही क्षेत्रनम्बर–१ मा कांग्रेसको तर्फदेखि उम्मेद्वार बनेका हिराबहादुर खत्रीले गरिव,  विपन्न तथा पछाडी परेका वर्गको शिक्षा, स्वास्थ्य र रोजगारीकालागि नीतिगत पहल गर्ने बताएका छन्।

उनले पछाडी परेका र पछाडी पारिएका वर्गको आर्थिक र सामाजिक अवस्था माथी उकास्नकालागि नीतीगत ब्यवस्था हुनु पर्ने बताँउदै त्यसकालागि आफुले सरकारसँग कुरा गठाउने र नीति निर्माणमा भुमिका खेल्ने बताएका हुन् ।

रुपन्देही क्षेत्रनम्बर–१ अन्तरगत रोहिणी गाउँपालिकाको वडानम्बर–३, ४ र ७ मा घरदैलो तथा जनभेटघाट गर्दै उम्मेदवार खत्रीले बदलिएको कांग्रेसले मतदाताको जीवनस्तर वदल्नकालागि पनि अव पछाडी परेका, विपन्न तथा तल्लोस्तरका आम नागरिको जीवन कसरी सुखद् बनाउन सकिन्छ भन्ने नीतिगत ब्यवस्था ल्याउने बताए ।

उनले कांग्रेसले अव सबैको आवाज सुन्ने र तलदेखि माथीसम्म र माथीदेखि तलसम्म सबैलाई समान हैसियतले हेर्ने एकमात्र पार्टी कांग्रेस भएकाले अहिलेको सरकार कांग्रेसकै बहुमतका आधारमा बनाउन आवश्यक रहेको पनि बताए ।

मुलुकको विकासकालागि कृषि र पर्यटन महत्वपुर्ण आधारस्तम्भ रहेकाको उल्लेख गर्दै ति विषयसँग जोडिएका नागरिकको अवस्थालाई पनिसँगसँगै लैजान राज्यले सहि नीति अवलम्बन गर्नु पर्ने बताए ।

त्यसकालागि आफुले पहल गर्ने र तल्लोस्तरका नागरिकको अवस्था सुधारकालागि नीतिगत ब्यवस्था ल्याउने कुरामा आफ्नो भुमिका महत्वपुर्ण हुने बताए । खत्रीले रुपन्देही एकका विभिन्न पालिका र क्षेत्रहरुमा घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

रुपन्देहीको देवदह, तिलोत्तमा, ओमसतियाका विभिन्न वडा तथा टोलमा घरदैलो, जनभेटघाटसँगै सुझाव संकलन कार्यक्रमलाई उम्मेदवार खत्रीले निरन्तर जारी राख्नु भएको निर्वाचन परिचालन संयोजक हरि काफ्लेले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend