logo
  • शुक्रबार, असोज ३० २०८३

सबै धर्म, संस्कृतिको रक्षा गर्नु अहिलेको आवश्यकता ः खत्री


  • आइतबार, फाल्गुन ३ २०८२

बुटवल , ३ फागुन । रुपन्देही क्षेत्र नम्बर–१ मा कांग्रेसको तर्फबाट उम्मेद्वार बनेका हिराबहादुर खत्रीले सबै धर्म, संस्कृतिको रक्षा गर्नु अहिलेको आवश्यकता भएको बताउनु भएको छ । विभिन्न भाषा, संस्कृति र जातजाती रहेको हाम्रो मुलुकमा सद्भाव बचाई राख्न सबै धर्म संस्कृतिको संरक्षण र विकासमा लाग्नु पर्ने बताउनुभयो । महाशिव रात्री पर्वको अवसरमा आइतबार रुपन्देही क्षेत्रनम्बर–१ मा रहेका शिवालय तथा विभिन्न शिव मठ, मन्दिरहरुको दर्शन तथा परिक्रमा गर्दै उहाँले यस क्षेत्रमा रहेका धार्मिक धरोहरको संरक्षण र विकासकालागि योजना र कार्यक्रमलाई प्राथमिकता दिने बताउनु भएको हो । उहाँले रुपन्देहीका देवदह नगरपालिका, तिलोत्तमा नगरपालिकाका विभिन्न वडा तथा टोलमा रहेका मठ, मन्दिरको परिक्रमासँगै दर्शन गर्दै समाजमा सद्भाव कायम गर्नकालागि सबै धर्मको सम्मान गर्नु आवश्यक रहेको बताउनुभयो । नव युवा आन्दोलनपछि नव युवाहरुले राखेका र अगाडी सारेमा मुद्धा तथा चाहनाका आधारमा आफुले उम्मेद्वारी दिएको बताउनु भएका खत्रीले युवाहरुको भावना र चाहनाको कदर गर्दै आफुले योजना र कार्यक्रम बनाउने विश्वास ब्यक्त गर्नुभयो । उहाँले रुपन्देहीको देवदह १० को गौशाला सिद्धेश्वर मन्दिर, शित्तलनगरको दुर्गा मन्दिर, खैरेनीको लोकेश्वर मन्दिर लगायतका स्थान तथा तिलोत्तमा–१५ को विन्दबासिनी मन्दिर, तिलोत्तमा–१६ को शिव मन्दिर, तिलोत्तमा–८ को गौशाला, तिलोत्तमा–९ का विभिन्न शिवालय मन्दिरहरुको दर्शन, अवलोकन तथा परिक्रमा गर्दै धार्मिक दर्शनार्थीहरुलाई भेटेर धर्म, सँस्कृतीको संरक्षण र विकासका बारेमा सुझाव लिनु भएको रुपन्देही एकको निर्वाचन परिचालन समिति सदस्य राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend