बुटवल । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का पाल्पा क्षेत्र नं. २ का उम्मेद्वार सोमप्रसाद पाण्डेले पाल्पाका अधुरा विकास निर्माणका आयोजना पुरा गर्नका लागि आफु निर्वाचनमा होमिएको बताएका छन् ।
आइतबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी पूर्व मन्त्री समेत रहेका पाण्डेले पाल्पाको विकासमा आफु पद हुँदा मात्रै नभई नहुँदा समेत भूमिका निर्वाह गरेको दाबी गरे । ‘मैले पाल्पाको विकासमा धेरै काम गरेको छु जस्तो लाग्छ, म मन्त्री हुन्दा प्रधानमन्त्री, अर्थमन्त्रीका जिल्लामा भन्दा पनि धेरै बजेट पाल्पामा परेको थियो, मैले पदमा हुँदा आफुलाई व्यक्तिगत फाइदा पुग्ने कुनै किसिमको अनियमितता गरेको छैन्, यो सबैलाई थाहा भएको कुरा नै हो,’ पूर्व मन्त्री पाण्डेले भने ।
सिद्धबाबाको सुरुङमार्ग निर्माण गर्न आफुहरुले विशेष भूमिका निर्वाह गरेको पाण्डेले बताए । सुरुङमार्ग निर्माणका लागि १० अर्ब बजेट सुनिश्चित गर्न स्रोत पुग्दैन भनेर तत्कालिन अर्थमन्त्री युवराज खतिवडा भन्दा आफुले अनसन बस्ने चेताबनी दिए पछि मात्रै सुरुर्माग निर्माणका लागि बजेटको सुनिश्चिता भएको बताए ।
‘सुरुमार्ग निर्माण गर्ने लगानी राज्यको हो, यसको निर्माणका लागि मैले धेरै प्रयत्न गरेको छु, अर्थमन्त्रीले बजेट सुनिश्चता गर्न आनाकानी गर्दा म अनसन बस्ने चेतावनी पनि दिएको हुँ । मैले सडक बने यता झण्डै १ हजार जनाले ज्यान गुमाउनु परेको छ । नागरिकको जिउ ज्यान भन्दा ठूलो कुरा केही होइन्, जसरी पनि सुरुङ मार्ग बनाउनै पर्छ भनेपछि बजेट सुनिश्चिता भएर निर्माण भएको हो,’– उनले भने ।
उम्मेद्वार समेत रहेका पाण्डेले पाल्पा बुटवलबाट नजिक रहेकाले पर्यटकी क्षेत्रको रुपमा अघि बढाउन सकिने धेरै सम्भावना रहेको र आफुले जिते त्यो पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसका लागि पाल्पामा नेपालको सबै भन्दा ठूलो बुद्ध गार्डेन मूर्ति बनाउने आफ्नो योजना रहेको बताए ।
यस्तै पूर्वमन्त्री पाण्डेले भदौ २३ गतेका आन्दोलन जेनजीहरुको शुद्ध मनले भएको भने पनि २४ गतेको आन्दोलनमा व्यापक चलखेल भएको बताए । ‘२३ गतेको आन्दोलन शुद्ध मनले नै भएको हो, अर्को दिन व्यापक चलखेल भयो। यसकारण अहिले संघीय लोकतान्त्रिक गणतन्त्र माथि नै खतरा छ,’– उनले भने ।
पूर्वमन्त्री पाण्डेले सर्वोच्च अदालत मात्रै जलेको नभई नेपालीको सार्वभौम पनि जलेको बताए । नेपाली कम्युनिष्ट पार्टीले समेत २३ गतेको आन्दोलनलाई पूर्ण रुपमा समर्थन जनाएको बताउँदै जेनजीको माग आफुले पुरा गर्न सक्ने बताए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend