logo
  • शुक्रबार, असोज ३० २०८३

पूर्णबहादुर खड्काले भने- अदालतको आदेश स्वीकार्छाैँ, रुखबाहेक अन्य चुनाव चिन्ह कल्पना गर्न सक्दिनँ



काठमाडाैं। नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीभित्रकाे विवादमा सर्वोच्च अदालतको आदेश मान्ने बताएका छन्। उनले रुख चुनाव चिह्नबाहेक अन्यथा कल्पना समेत गर्न नसकिने बताए।

उनले भनेका छन्, ‘निर्वाचन आयोगको निर्णयका विरुद्धमा पार्टीको आधिकारिकताको वैधानिक दाबी र कानुनी उपचारको लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकको सर्वसम्मत निर्णय अनुसार सबैको तर्फबाट न्याय पाउने विश्वासका साथ आज हामी सर्वोच्च अदालत गएका हाैँ ! सर्वोच्च अदालतको निर्णय हामीलाई स्वीकार्य र मान्य हुनेछ।’

उनले नयाँ पार्टी खोल्ने, स्वतन्त्र लड्ने कुरा नहुने बताएका छन्।

उनले लेखेका छन्, ‘रुख चुनाव चिन्ह बाहेक अन्यथा सोच्न र कल्पना पनि गर्न म सक्दिन। नयाँ पार्टी खोल्छन् ,स्वतन्त्र उम्मेदवारकाे रूपमा उठ्छन् , जस्ता बजारमा आएका गलत हल्लाहरूको पछि नलाग्न पार्टीका सबै साथीहरू,शुभेच्छुकहरू र हाम्रा आम आदरणीय मतदाताहरूमा हार्दिक अनुरोध र अपिल गर्दछ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend