बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा २ वाट निर्वाचन लड्ने भएका छन् ।
रुपन्देही २ वाट निर्वाचन जित्दै आएका पौडेल यस पटक भने पाल्पाबाट उठ्ने भएका हुन् । एमालेको सचिवालय बैठकले पौडेललाई पाल्पा २ बाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।
एमालेले रुपन्देहीको १, २ र ४ नम्बरलाई पार्टी अध्यक्ष केपी ओली आफैले पछि निर्णय लिनेगरि छाडिएको छ भने ३ बाट बासुदेव घिमिरे र ५ बाट खिमलाल भट्टराईलाई टिकट दिइएको छ ।