logo
  • शुक्रबार, असोज ३० २०८३

पूर्वमन्त्री कनौडिया एमालेमा प्रवेश, कपिलवस्तु ३ को टिकट पाए



पूर्वमन्त्री कनौडिया एमालेमा प्रवेश, कपिलवस्तु ३ को टिकट पाएबुटवल।  पूर्वमन्त्री तथा आगामी निर्वाचनमा नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ बाट एकल उम्मेदार सिफारिस भएका कांग्रेस नेता बीरेन्द्रकुमार कनौडिया एमालेमा प्रवेश गरेका छन्।

शनिबार दिउँसो काठमाण्डौँमा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट उनले सदस्यता ग्रहण गरेका हुन्। नेकपा एमालेका केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज बलाराम अधिकारीले नेता कनौडिया एमाले प्रवेश गरेको पुष्टि गरे ।

कांग्रेसमा किचलो रहेको र एमालेबाट क्षेत्र नम्बर ३ मा टिकटको सुनिश्चित भएपछि उनी एमाले प्रबेश गरेको श्रोतको भनाइ छ । कांग्रेसको किचलोमा फस्नु भन्दा एमालेमा गएर राजनीति गर्नका लागि प्रवेश गरेको कनौडियाले निकटस्थहरुलाई बताएका छन् ।

यसअघिको लुम्बिनी प्रदेशसभामा उनी नेपाली कांग्रेस संसदीय दलको नेता रहेका थिए। संघीय सरकारमा पहिले नै मन्त्री बनेका कनौडिया लुम्बिनी प्रदेशमा मुख्यमन्त्री बन्नका लागि प्रदेश सभामा आएपनि अवसर पाएका थिएनन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend