logo
  • शुक्रबार, असोज ३० २०८३

निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई मान्यता


  • शुक्रबार, माघ ३ २०८२

काठमाडौँ  ।  निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आयोगले शुक्रबार उनलाई सभापतिको मान्यता दिएको हो ।

नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट थापा सभापति चयन भएका थिए । सभापति चयन भएसँगै बिहीबार बसेको केन्द्रीय समिति बैठकको निर्णय लगत्तै थापा आयोग पुगेका थिए । आयोगले सबै डकुमेन्ट अध्ययन  गरेर थापा नेतृत्वको कमिटीलाई आधिकारिकता दिएको हो ।

कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा पुस २७ देखि ३० सम्म भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend