logo
  • शुक्रबार, असोज ३० २०८३

रास्वपाबाट रोल्पा जिल्लामा बालाराम थापा उम्मेदवार बन्ने



बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रोल्पा जिल्लामा प्रतिनिधि सभाको निर्वाचनमा एकल नाम उम्मेदवारको लागि सिफारिस भएको छ ।

पार्टीका जिल्ला उपसभापति बालराम थापालाई एकल उम्मेदवारको रूपमा सिफारिस गरेको उक्त पार्टीका जिल्ला अध्यक्ष रेसम थापाले बताए । लगातार माओवादीले जिल्दै आएको रोल्पामा एक मात्रै निर्वाचन क्षेत्र रहेको छ ।
अध्यक्ष थापाले भर्ने अन्य पार्टीका उम्मेदकारलाई टक्कर दिन सक्ने क्षमता र हैसियतका भएकोले उपाध्यक्ष थापालाई निर्वाचन लैजाने निर्णय गरेका छौ,।

एकल सिफारिस भएका थापाको घर जिल्लाको सुनिल स्मृति गाउँपालिका हो । उनले राजनीति शास्त्रमा मास्टर्स गरेका छन् उनी पूर्वाधार विज्ञ तथा युवा व्यवसायी हुन्।

रोल्पाबाट तत्कालीन नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले निर्वाचन जितेका थिए। अहिले नेकपा बनेपछि उनीसहित धेरैको नाम प्रस्तावित छ भने विप्लव नेतृत्वको नेकपा माओवादीबाट महासचिव नेत्रविक्रम चन्द विप्लव एकल सिफारिस छन् ।

अव रोल्पामा थापा अर्को प्रतिस्पर्धीको रूपमा आएका छन् ।रास्वपा लुम्बिनी प्रदेश सभापति देवराज पाठकले लुम्बिनी प्रदेशका २६ निर्वाचन क्षेत्र मध्ये रोल्पाबाट मात्रै एकल अहिलेसम्म एकल सिफारिस आएको बताए।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend