logo
  • शुक्रबार, असोज ३० २०८३

२७ गतेको महाधिवेशनमा शेरबहादुरलाई गगनको निम्तो


  • बिहिबार, पुष २४ २०८२

काठमाडौं । कांग्रेस महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई पुस २७ को विशेष महाधिवेशनमा सहभागी हुन निम्तो गरेका छन् ।

उनले कांग्रेस कार्यसम्पादन बैठकपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै कार्यवहाक सभापति पूर्णबहादुर खड्कामार्फत देउवालाई सहभागी हुनका लागि अनुरोध गरेका हुन् ।

केन्द्रीय समितिले विशेष महाधिवेशन आयोजना नगर्ला भनेर कल्पना नै नगरिएको भन्दै देशभरिबाट प्रतिनिधिलाई बोलाइएको महामन्त्री थापाले बताए ।

‘हामीले देशभरिका साथीहरुलाई आह्वान गरेका छौं, सबै साथीहरु आउनुहुन्छ भन्ने विश्वास छ, मैले कार्यवहाक सभापतिमार्फत भनेको छु, सभापतिज्यूमा यो कुरा पुर्‍याइदिनु होला,’ उनले भने, ‘यो अधिवेशन हाम्रो हो, यसलाई केन्द्रीय कार्यसमितिले स्वामित्व लिन्छ भन्ने हाम्रो विश्वास हो, उनले भने ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend