बुटवल । नेको इन्स्योरेन्सले लुम्बिनी प्रदेश लोक सेवा आगोगलाई विमा वापतको दावी भुक्तानी गरेको छ । जेन(जी आन्दोलनका क्रममा उक्त कार्यालयका सवारी साधनमा भएको क्षतिवापत विमा कम्पनीले १ करोड ६४ लाख ८० हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको हो ।
बुधबार लुम्बिनी प्रदेश लोक सेवा आगोगको कार्यालयमा आयोजित विमा दावी भुक्तानी कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यलले प्रदेश लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष डिम्पल गुरुङलाई चेक हस्तान्तरण गरे ।
बिमा कम्पनीले जेन(जी आन्दोलनका क्रममा क्षति पुगेका चार वटा गाडी र ८ वटा मोटरसाइकल तथा स्कुटी सवारीसाधनको बीमा दाबी भुक्तानी गरिएको हो । दाबी भुक्तानी कार्यक्रममा प्रदेश लोकसेवा आयोगका कार्यवाहक अध्यक्ष डिम्पल गुरुङ, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यल, प्रदेश लोक सेवा आयोगका सचिव खिमबहादुर रायमाझी, तथा बीमा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
त्यस अवसरमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले समयमै दावि भुक्तानी हुनु स्रहानीय रहेको बताउँदै निजी तथा सामुदायिक क्षेत्रले समेत विश्वास आर्जन गर्ने गरी दाबी भुक्तानीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले समयमै भएको दाबी भुक्तानीले बीमा प्रणालीप्रति आमविश्वास र भरोसा थप बलियो बनाउने विश्वास पनि व्यक्त गरे ।
प्रदेश लोकसेवा आयोगकी कार्यवाहक अध्यक्ष डिम्पल गुरुङले सवारीसाधनको फूल बीमा गरिएको हुँदा दाबी भुक्तानी प्रक्रिया सहज भएको र यस किसिमको दाबी भुक्तानीले बीमाको महत्व र आवश्यकता अझ प्रष्ट पारेको बताए । समयमै सम्पन्न दाबी भुक्तानीले बीमा क्षेत्रप्रति सकारात्मक सन्देश प्रवाह भएको र भविष्यमा बीमाप्रति आमनागरिकको भरोसा अझ बढ्ने उनको विश्वास छ ।
कार्यक्रममा नेपाल बीमा कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत रमेश थापाले नेको इन्स्योरेन्सले विमा पोलिसी अनुसार छिटो छरितो दावि भुक्तानी गर्दै आएको दावी गरे ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend