Interview with Kulman Ghising, Managing director of Nepal Electricity Authority at Ratnapark in Kathmandu on Sunday, September 25, 2016. PHOTO: Balkrishna Thapa Chhetri/THT
काठमाडौं । उज्यालो नेपाल पार्टीले आफ्नो अस्तित्व मासेर कुनै पार्टीसँग एकतामा नजाने निष्कर्ष निकालेको छ। आज बसेको केन्द्रीय समिति बैठक बैठकले आत्मसमर्पण गरेर कुनै पार्टीसँग एकतामा नजाने निष्कर्ष निकालेको एक नेताले बताए।
रास्वपासँग एकताका लागि सभापति, प्रधानमन्त्रीको उम्मेदवार पार्टीले लिगेसी (नाम वा चुनाव चिन्ह) हुनुपर्ने प्रस्ताव अघि सार्दा कुनै कुरामा पनि सहमत नभएको बैठकलाई संरक्षक कुलमान घिसिङले ब्रिफिङ गरे।
उनले बैठकमा भने, ‘रास्वपाको उद्देश्यले कुलमान र बालेन पनि आउँदैछ भनेर माहोल बनाउने, पार्टीमा जनमत बढाउने तर अस्तित्व स्वीकार नगर्ने देखियो।’
बैठकमा अधिकांश नेताहरूले अस्तित्व स्वीकार नभए एक्लै चुनावमा जानुपर्ने मत राखेका छन्। एक्लै चुनावमा जाँदा यस पटक कि सिकिन्छ कि जितिन्छ भन्ने उनीहरूको बुझाइ छ।
बैठकमा उनले भने, ‘बालेनले रविसँग ५ वर्ष प्रधानमन्त्रीको ग्यारेन्टी मागेका छन्। त्यो रास्वपाबाट स्वीकार भएको छैन। बालेनमाथि पनि रास्वपाबाट धोका हुनसक्छ। रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने औपचारिक निर्णय अहिलेसम्म गरेको छैन।’
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend