logo
  • शुक्रबार, असोज ३० २०८३

विश्वप्रकाश शर्माले गरे यसपटक चुनाव नलड्ने घोषणा


  • बिहिबार, पुष १० २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटक चुनाव नलड्ने घोषणा गरेका छन् । गत वर्ष पुसमै झापामा आफूले चुनाव लड्न नसक्ने भनेर जानकारी गराएको बताएका शर्माले यसपटक झापा–१ का कांग्रेस नेता कार्यकर्तालाई जानकारी गराइसकेर कार्यसम्पादन समितिको बैठकमा चुनाव नलड्ने घोषणा गरेका हुन् ।

“मैले १, २, ३, ४ फर्मुला ल्याउँदै गर्दा आफूले पनि केही आचरणमा बस्न आवश्यक थियो, त्यसैले गत वर्ष पुसमै मैले झापा–१ का साथीहरूलाई म अर्को चुनाव नलड्न सक्छु उमेदवार तयार रहनुहोला भनेको थिए,” शर्माले  भने, “यसपटक काठमाडौंमा घोषणा गर्दा झापा–१ का साथीहरू रिसाउन सक्नुहुन्छ भनेर झापा गएर सबै साथीहरूलाई राखेर जानकारी गराए । फर्किएपछि कार्यसम्पादन समितिमा जानकारी गराएको छु– अबको चुुनाव म लड्दिनँ ।”

शर्माले नेपाली कांग्रेसको महामन्त्रीको जिम्मेवारी बहन गर्ने र अरु साथीहरूलाई अवसर दिने मनसायले यस्तो घोषणा गरेको बताए । “म ०७० मा चुनाव लडे, ०७४ मा लडे, ०७९ मा सानदार ढंगले जितेको हुँ । स्थानीय तहमा हामी नौ हजारले माइनसमा थियौँ, १४ हजारले जितेका हौँ,” शर्माले भने, “यसपटक पनि हामी चुनाव जित्छौँ । चुनाव जिताउनका लागि म काम गर्नेछु ।”

उनले ०४८ सालदेखि हालसम्म आफ्नो क्षेत्र छोड्न तयार नहुनेहरूका कारण धेरै कार्यकर्ताहरू अवसरबाट बञ्चित भएकाले एउटा राजनीतिक संस्कारको सुरुआतका लागि आफूले निर्णय लिएको बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend