logo
  • शनिबार, कार्तिक १ २०८३

राष्ट्रपतिसहित तीन दल र प्रधानमन्त्रीबिचको छलफल सकारात्मक, निर्वाचनको वातावरण बनाउन समझदारी


  • मंगलबार, पुष ८ २०८२

काठमाडौँ । राष्ट्रपतिसहित तीन प्रमुख राजनीतिक दल र प्रधानमन्त्रीबिच चुनावको वातावरण बनाउन पुनः छलफल हुने भएको छ ।

फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्न मंगलबार बसेको बैठकमा भएको छलफल सकारात्मक भएपछि बैठक बस्न लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

उनका अनुसार मंगलबार बसेको बैठकमा निर्वाचनका लागि आवश्यक वातावरण बनाउने समझदारी बनेको छ । छलफल सकारात्मक भएपछि पुनः बैठक बस्न लागेको हो ।

आजको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले निर्वाचनको वातावरण तयार गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका थिए । उनीहरूले सरकारले नै निर्वाचनको वातावरण बनाउन पहल गर्नुपर्नेमा जोड दिएका थिए ।

यद्यपि, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भने अहिलेको अवस्थामा निर्वाचन नै निकासको उपयुक्त विकल्प भएको जिकिर गरेका थिए । प्रचण्डले राष्ट्रपतिले गर्न सक्ने विकल्प यति नै भएकाले अब निर्वाचनमा जानु नै सही हुने धारणा राखेका थिए ।

प्रधानमन्त्री सुशीला कार्कीले सरकार निर्वाचनको वातावरण तयार गर्न प्रयासरत रहेको बताउँदै सबै दललाई निर्वाचनका लागि तयार रहन र सहयोग गर्न आग्रह गरेकी थिइन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend