बुटवल । श्रम संस्कृति पार्टीका संयोजक हर्क साम्पाङ राई शनिबार बुटवलमा आउने भएका छन् ।
धरान उपमहानगरपालिका मेयर समेत रहेका राई पार्टीले बुटवलको ट्राफिक चोकमा आयोजना गर्ने आमसभालाई सम्बोधन गर्न राई बुटवल आउने भएका हुन् । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको श्रम संस्कृति पार्टी रुपन्देहीका अध्यक्ष छविलाल गुरुङले बताए ।
आमसभाको लागि पार्टीले १ महिनादेखि नै तयारी गरेको अध्यक्ष गुरुङले बताए । आमसभा हुनुु भन्दा पहिला राजर्माग चौराहाबाट विहान १० बजे र्याली निकाल्ने कार्यक्रम तय भएको गुरुङले बताए । आमसभामा १० हजार भन्दा धेरै सहभागि हुने अपेक्षा रहेको समेत उनले बताए ।
यस्तै पार्टीका केन्द्रिय उपाध्यक्ष डा। मित्र परियारले पार्टी अहिले संघगठन निर्माणसँगै चुनावी प्रचारप्रसार लागि रहेको बताए । श्रम संस्कृति पार्टीले काठमाडौँ लगायतका विभिन्न स्थानमा आयोजना गरेका आमसभाबाट पुराना पार्टीं डराएको समेत दाबी गरे ।
साथै परियारले पुराना नेताहरु राणा भन्दा पनि ठूलाले प्रवृत्ति देखाउने गरेकाले यस प्रकारको प्रवृतिले देशमा सुशासन नआउने दाबी गरे । उनले हर्क साम्पाङको नीतिबाट मात्रै नेपालको विकास हुने भएकाले सबैलाई पार्टीमा आवद्द हुन आग्रह समेत गरे ।
नेकपा एमालेको एमालेमा निर्वाचित भए पछि केपि शर्मा ओलिले दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उनले केपी ओलिले अझै पनि आफुलाई श्री पेच विनाका राजाको रुपमा सोचेको बताए । अहिले गृहमन्त्रीको रुपमा हर्क साम्पाङ भएको भए केपि शर्मा ओलि जेलमा हुने बताए ।
यस्तै केन्द्रिय सदस्य शान्ति गुरुङ, मन्दिरा मुक्तान, पार्टीका लुम्बिनी प्रदेश संयोजक तुलबहादुर दलार्मी, रुपन्देही जिल्ला संहसंयोजक केशव न्यौपाने, जिल्ला सचिव सुगम राईल गायतले हर्क साम्पाङको विचार प्रत्यक्ष रुपमा सुन्नका लागि भए पनि आमसभामा आउन सबैलाई आग्रह गरे ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend