बुटवल, पौष १
बुटवल उपमहानगरपालिका मातहतमा रहेको नगर खेलकुद विकास समिति बुटवलको आयोजनामा अन्तर विद्यालय स्तरीय छात्रछात्रा कबड्डी प्रतियोगिता २०८२ को समापन मङ्गलवार भव्य रूपमा सम्पन्न भएको छ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ रुपन्देही जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा सम्पन्न खेलमा छात्र तथा छात्रातर्फ दुवै खेलमा न्यु होराइजन मावि प्रथम ,छात्रतर्फ दीप बोर्डिङ स्कुल द्वितीय, छात्रातर्फ कालिका मानव ज्ञान मावि द्वितीय र छात्रतर्फ नवीन औद्योगिक कदरबहादुर रिता मावि र गाग्री एकेडेमी तृतीय छात्रातर्फ ईडन बोर्डिङ स्कुल र अक्सफोर्ड मावि तृतीय भएका छन्
प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुन सफल विद्यार्थीहरूलाई २०,००० १०,००० र ५००० नगद पुरस्कार प्रदान गरिएको थियो। खेलमा छात्रतर्फ उत्कृष्ट रेडर दुर्गाबहादुर राना छात्रातर्फ उत्कृष्ट रेडर क्रिस्टिना श्रेष्ठ, छात्रतर्फ उत्कृष्ट डिफेन्डर विमर्श भट्टराई, छात्रातर्फ उत्कृष्ट डिफेन्डर सन्ध्या सार्की लगायतलाई जनही १००० पुरस्कार समेत वितरण गरिएको थियो।
बुटवल उपमहानगरपालिकाले देशभरका पालिकाहरूमा भन्दा खेल विधाको विकास, विस्तार र प्रोत्साहन विद्यालय तहबाट नै उत्पादन गर्नुपर्छ भन्ने मान्यता राखी खेल क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्ने गरेको छ। खेल सञ्चालनको समयमा खेलाडीहरूको बिमा गर्ने, नगद पुरस्कारले सम्मानसमेत गर्ने गरेको छ
नगर खेलकुद विकास समिति बुटवलका संयोजक तथा युवा व्यवसायी बोनिन पियाको अध्यक्षतामा बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष तथा पूर्व फुटबलका खेलाडी, खेल प्रेमी व्यक्तित्व हरिप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्यहरू, नगर खेलकुद विकास समितिका पदाधिकारीहरू, युवा खेलकुद तथा अतिरिक्त क्रियाकलाप प्रमुख कमला चुदाली लगायतले पुरस्कार वितरण गर्नुभएको कार्यक्रमको सञ्चालन नगर खेलकुद विकास समितिका सदस्य शेर जङ्ग गुरुङलेगर्नुभएको थियो।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend