logo
  • शनिबार, कार्तिक १ २०८३

उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न नसकेको गुनासो


  • मंगलबार, पुष १ २०८२

बुटवल । उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न नसकेको एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन्  ।

स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना तथा फेयरमेड फाउन्डेसन नेपाल र इन्द्रेणी ग्रामीण विकास केन्द्रको सहयोगमा मंगलबार उपेक्षित उष्णप्रदेशीय रोग  सम्बन्धी सञ्चारकर्मीहरूसँग भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्तारुले सो कुरा बताएका हुन अन्तरक्रिया वोल्दै स्वास्थ्य कार्यालय रुपन्देहीकी प्रमुख जनस्वास्थ्य प्रशासक उमादेवी थापाले जिल्लामा उपेक्षित उष्णप्रदेशीय रोगको वर्तमान अवस्था प्रस्तुत गर्दै आगामी दिनमा गर्नुपर्ने प्राथमिकता, चुनौती र सुधारका क्षेत्रबारे जानकारी गराए । उनले समयमै रोग पहिचान, उपचार पहुँच विस्तार र जनचेतनालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्वास्थ्य तालिम केन्द्रका बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत सैलेन्द्र कुमार पाण्डेयले कार्यपत्र प्रस्तुत गर्दै नेपालमा उपेक्षित उष्णप्रदेशीय रोगको अवस्था, हाल भइरहेका कार्यक्रम तथा सम्भावित जोखिमबारे विस्तृत जानकारी गराए ।
उहाले यी रोगहरू गरिब तथा सीमान्तकृत समुदायमा बढी देखिने भएकाले लक्षित कार्यक्रम आवश्यक रहेको वताए । उनले संघिय सरकारले बिनियोजन गरेको बजेटमात्र कार्यक्रम भैरहेको बताउदै प्रदेश र स्थानिय सरकारले पनि त्यसलाई ध्यान दिनु पर्ने बताए ।

इन्द्रेणी ग्रामीण विकास केन्द्रका अध्यक्ष महेन्द्र पाण्डेयले उपेक्षित उष्णप्रदेशीय रोग नियन्त्रणमा संस्थाले गर्दै आएका गतिविधिबारे स्वागत मन्तव्य राख्दै सरकारी तथा गैरसरकारी निकाय, सञ्चारकर्मी र समुदायबीच सहकार्य आवश्यक रहेको वताए ।

त्यसैगरी परियोजनाका टेक्निकल अधिकृत अपार शर्माले परियोजनाअन्तर्गत हालसम्म गरिएका गतिविधि, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउँदै सञ्चार माध्यमको भूमिका निर्णायक हुने उल्लेख गरे । नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष अश्मीना पाण्डेले स्वास्थ्य कार्यालय तथा विभिन्न परियोजनाहरूले आफूहरूले गरेका गतिविधि र उपलब्धिहरूबारे सञ्चारकर्मीहरूलाई समय–समयमा जानकारी गराउनुपर्ने बताए ।

उनले सूचना आदान–प्रदान प्रभावकारी भएमा जनचेतना अभिवृद्धि हुने उल्लेख गर्दै, स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूलाई सफल बनाउन सञ्चारकर्मीहरू सहकार्यका लागि सधैं तयार रहेको स्पष्ट पारे । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले उपेक्षित उष्णप्रदेशीय रोग नियन्त्रणमा तथ्यपरक समाचार सम्प्रेषण, जनचेतनामूलक सामग्री प्रकाशन तथा समुदायसम्म सन्देश पु¥याउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका छ।

कार्यक्रमको संञ्चालन फेयरमेड फाउन्डेसन नेपालका समावेशी तथा स्वास्थ्य प्रवर्द्धन विषयविज्ञ  तुल्सीराम खनालले गरेका थिए ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend