बुटवल ,२६ मङ्सिर
बुटवल उपमहानगरपालिका वार्ड ९ स्थिति स्कलर्स स्कलर होम बोर्डिङ स्कुलको ३४ औँ वार्षिकोत्सवको सुरु भएको छ । उक्त अवसरमा आजबाट
विविध खेलकुदका कार्यक्रमहरू सुरु भएका छन् । स्कुलको अवसरमा पारी शुक्रवार ‘ब्लक सी’ एक कार्यक्रमका बिच विद्यालयमा खेलकुदका कार्यक्रम सुरु भएका हुन् ।यस्तै नि शुल्क स्वास्थ्य सिविर पनि आजै चलाएको थियो ।
खेलकुद कार्यक्रमको कार्यक्रमको एन्फाका पूर्व केन्द्रीय उपाध्यक्ष एवं बुटवल उपमहानगरपालिका वडा नं। ५ का वडाध्यक्ष हरि श्रेष्ठ र प्राचार्य बाबुराम बन्जाडेले शुभारम्भ गरे । सो अवसरमा बोल्दै श्रेष्ठले विद्यार्थीहरूलाई विभिन्न अतिरिक्त क्रियाकलामा सहभागी गराउन अति आवश्यक रहेको बताए । पढाइमा मात्रै नभएर स्कलर होम खेलकुदमा पनि अब्बल रहेको बताउँदै यसलाई निरन्तर रूपमा कायम राख्न आग्रह गरे ।
विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले विद्यालयले विद्यार्थीलाई किताबी ज्ञानमा मात्रै केन्द्रित नगरी विभिन्न अतिरिक्त क्रियाकलामा पनि सक्रिय गराउने गरेको बताए । जसको परिणाम स्वरूप स्कलर होमले शैक्षिक गतिविधिसँगै खेलकुद लगायतका विभिन्न अतिरिक्त क्रियाकलापमा पनि अब्बल भएको प्राचार्य बन्जाडेले बताए ।
‘शैक्षिक गतिविधिमा मात्रै नभएर हामी विभिन्न अतिरिक्त क्रियाकलापमा पनि विद्यालय अब्बल नै रहेको छ । गत वर्षको मेयर कप फुटबलको उपाधि हामीले जितेका थियो,कक्षा फीजीदेखि कक्षा १० सम्म विभिन्न २८ विधामा हुने खेलकुद विद्यालय भित्र र बाहिर हुने अतिरिक्त खेल संयोजक मनुकान्त क्षेत्री बताए । खेल यही मङ्सिर २९ गतेसम्म सञ्चालन हुने छन् । विद्यालय भित्र हट पोटेटो, आइडेन्टीफाई कलर, बेलुनस ब्रुस्ट, स्वीट्स रेस, मुजिकल चेयर्स, म्याथेमेटिकल रेस, स्पुन मार्वल रेस ९छात्रा०, थ्रेड एण्ड निडलस् रेस लगायतका खेल हुने छन् ।
यस्तै विद्यालय बाहिर ५०, १००, २००, ४०० मिटर रेस, हाइजम्प लङजम्प,स्ट फुट, टग अफ वार, फ्रग जम्प, ब्यालेनसिङ्ग वाक लगायतका हुने खेल संयोजक क्षेत्रीले बताए । कार्यक्रम लेखा प्रमुख लोकप्रसाद भण्डारी ९राजु०को सञ्चालनमा सम्पन्न भएको थियो भने सहजीकरण शिक्षिका कमला पाण्डे, नवराज बन्जाडे, सिसम थापा लगायतले गरेका थिए ।
वार्षिकोत्सवकै अवसरमा शुक्रवार भवानी सिटी हेल्थ क्लिनिक प्रा।लि। को प्राविधिक सहयोगमा निःशुल्क मधुमेह, कोलस्ट्रोल र मृगौलाको परीक्षण शिविर सम्पन्न भएको थियो । उक्त शिविरमा ६०० बढी अभिवाकहरुले सेवा लिएका थिए । विद्यालयले पुस ११ गते विशेष कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाउने तयारी रहेको विद्यालयका सह प्राचार्य टिकाराम गौतमले बताए ।
३ वटा ब्लकमा सञ्चालनमा रहेको लस्कर होम स्कुलमा अहिले १५ भन्दा धेरै विद्यार्थीहरू अध्यापनरत रहेका छन् भने १०० बढी शिक्षक तथा शिक्षिका रहेका छन् । विद्यालयले माध्यमिक तह, एसइई लगायतका राष्ट्रिय परीक्षामा उत्कृष्ट नतिजा हाँसिला गर्दै ओइरेको छ।