logo
  • शुक्रबार, असोज ३० २०८३

विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलको फाइनलमा प्रवेश


  • बिहिबार, मंसिर २६ २०८२

काठमाडौं । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएलं) सिजन–२ को फाइनल प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित लुम्बिनीले फाइनलमा स्थान पक्का गरेको हो ।

लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७ ओभर ५ बलमा ९४ रनमा समेटियो । विराटनगरका लागि साम हिजलेटले सर्वाधिक ३४ रन बनाए । मार्टिन गप्टिल २, फाफ डु प्लेसिस ३, नरेन भट्ट २१, लोकेश बम ०, शंकर राना ७, मार्चेन्ट डि लिङे १७, बसिर अहमद ३, प्रतिश जिसी २ र कप्तान सन्दीप लामिछाने ३ रनमा आउट भए ।

बलिङमा लुम्बिनीका तिलक भण्डारीले ३, रुवेन ट्रम्पलम्यान, जेजे स्मिथ र अभिषेश गौतमले दुईदुई तथा शेर मल्लले एकएक विकेट लिए ।

त्यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३४ रन बनाएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend