बुटवल, मङ्सिर २१ । नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घ, सिद्धार्थनगर समिति रुपन्देहीद्वारा आयोजित दोस्रो इन्टर–बैङ्क फुटसल प्रतियोगिता–२०८२ बुटवलको योगिकुटि स्थित स्वर्णिम फुटसलमा रूपमा सम्पन्न भएको छ।
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा पुरुषतर्फ हिमालयन बैङ्क विजेता बन्दै ७५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भयो भने राष्ट्रिय वाणिज्य बैङ्क उप–विजेता बन्दै ५० हजार रुपैयाँ नगद प्राप्त गर्यो। महिलातर्फ नबिल बैङ्क विजेता बन्दा एनआइसी एसिया बैङ्क उप–विजेता बनेको छ, जहाँ महिलातर्फ विजेताले २५ हजार रुपैयाँ र उप–विजेताले १५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।
“एकता, खेल भावना तथा वित्तीय सचेतना” भन्ने नारासहित आयोजना गरिएको प्रतियोगितामा २४ पुरुष र ६ महिला टोलीको सहभागिता रहेको थियो। व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता तथा उत्कृष्ट गोलरक्षकलाई जनही ५ हजार रुपैयाँ नगद, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने क्वार्टर फाइनलदेखि प्रत्येक खेलमा म्यान अफ द म्याच पुरस्कार वितरण गरिएको थियो।
प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूबाट एक गोलरक्षक, एक स्ट्राइकर र तीन अल–राउण्डरसहितको ‘ड्रीम फाइभ’ टोली एम्पायर प्यानलले छनोट गरी घोषणा गरेको थियो। प्रतियोगिताको मुख्य प्रायोजक साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क रहेको थियो भने सह प्रायोजकमा ग्लोबल आइएमइ बैङ्क, नबिल बैङ्क र गरिमा विकास बैङ्क रहेका थिए, पावरबाइ अस्ले इनर्जी जुस, सहयोगी प्रभु बैङ्क, बिमा साझेदार नेको इन्स्योरेन्स, अस्पताल साझेदार चौराहा हस्पिटल, मिडिया साझेदार लुम्बिनी टेलिभिजन तथा ग्राफिक्स साझेदार एके ग्राफिक्स रहेका थिए।
प्रतियोगिताको समापन समारोह राष्ट्र बैङ्क कर्मचारी सङ्घ, सिद्धार्थनगर समितिका अध्यक्ष पदम राज भुसालको अध्यक्षतामा सम्पन्न भएको भएको थियो ।
कार्यक्रममा नेपाल राष्ट्र बैङ्क सिद्धार्थनगरका निर्देशक रमेश आचार्य प्रमुख अतिथि, नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घ केन्द्रीय समिति अध्यक्ष रामहरि घिमिरे तथा साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कका डेपुटी सिइओ लोकराज पनेरु विशिष्ट अतिथिका रूपमा सहभागी थिए भने कार्यक्रमको सञ्चालन सन्दीप रसाइलीले खेलकुद सबै हरेक क्षेत्र कर्मचारी लागि महत्पूर्ण भएकोमा जोड दिएका थिए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend