काठमाडौँ । पोखरा एभेन्जर्सले जितसँगै दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको अन्त्य गरेको छ । शनिबार भएको खेलमा चितवन राइनोजमाथि ८ विकेटको जित निकाल्दै पोखराले सिजनको सुखद अन्त्य गरेको हो ।
त्रिवि क्रिकेट मैदानमा चितवनले दिएको १२१ रनको लक्ष्य पछ्याएको पोखराले १९ ओभर ४ बलमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । पोखराका लागि एडम रोसिङ्टोनले सर्वाधिक ६५ रनको अर्धशतकीय पारी खेले । ४८ बल खेलेका उनले ४ चौका र ५ छक्का प्रहार गरे ।
पोखराका लागि अर्जुन कुमालले नट आट ४३ रन बनाउँदा जेसन रोयले ६ रनको योगदान गरे । बलिङतर्फ चितवनका लागि शेफ जैब र रिजन ढकालले एक एक विकेट लिए ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend