काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स भिड्दै छन्।
त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार अपराह्न ४ बजे साविक विजेता जनकपुरले लुम्बिनीसँग खेल्नेछ।
प्रतियोगितामा लुम्बिनीले लिग चरणको अन्तिम खेल खेल्दै छ।
लुम्बिनी अघिल्लो ६ मध्ये ३ खेल जितेर प्लेअफ नजिक छ।
अंक तालिकामा ६ अंक जोडेको लुम्बिनीलाई आजको खेल जित्नै पर्ने दबाब छ। खेल जिते उसले प्लेअफमा स्थान सुरक्षित गर्नेछ।
लुम्बिनीले खेल जिते प्रतियोगिताको प्लेअफ समीकरण पनि पूरा हुनेछ।
पहिलो संस्करणको विजेता जनकपुर भने यसपालिक खराब लयबाट गुज्रिरहेको छ।
जनकपुरले आजको खेल जितेको अवस्थामा प्लेअफ समीकरणमा अन्य खेलहरूमा निर्भर रहनेछ।
सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र विराटनगर किंग्सले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन्।
प्रतियोगितामा अपराजित रहँदै १२ अंकका साथ सुदूरपश्चिम शीर्ष स्थानमा छ। उसले अझै एक खेल खेल्न बाँकी छ।
सबै खेल खेलिसकेको काठमान्डु १० अंकका साथ दोस्रो स्थानमा छ।
एक खेल बाँकी रहेको विराटनगर ८ अंक बनाएर तेस्रो स्थानमा छ।
लुम्बिनी चौथो स्थानमा छ।
त्यस्तै ६ खेल खेलेको पोखरा एभेन्जर्स र चितवन राइनोज् ४/४ अंक सहित क्रमशः पाँचौं र छैटौं स्थानमा छ।
६ खेल नै खेलेको कर्णाली याक्स २ खेल खेलेर सातौं स्थानमा छ। उसको प्लेअफ सम्भावना समाप्त भइसकेको छ।
आज खेल हुने लुम्बिनीका कप्तान नेपाली राष्ट्रिय टिममा पनि कप्तान रहेका रोहित पौडेल छन्।
यस टोलीमा रोहित पौडेल (कप्तान), दिनेश अधिकारी, समीर अली, तिलकराज भण्डारी, थोमस ड्राका, अभिषेश गौतम, दुर्गेश गुप्ता, सन्दीप जोरा, आदिल खान, सुमित महर्जन, शेर मल्ल, गुलबदीन नाइब, दिलीप नाथ (विकेटकिपर), विशाल पटेल, डार्सी सर्ट, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान छन्।
जनकपुर बोल्ट्सका कप्तान अनिल साह (विकेटकिपर) हुन्।
टोलीमा अनिल साह (कप्तान/विकेटकिपर), विकास आग्री, सचिन भट्ट, शुभ कंसाकार, सञ्जय कृष्णमूर्ति, निकोल लोफ्टी-ईटन, आदित्य महाता, किशोर महतो, लाहिरु मिलन्था (विकेटकिपर), वायन पार्नेल, ललित राजवंशी, लाहिरु समरकून, संगिथ कोरी, आसिफ शेख (विकेटकिपर), रुपेश सिंह, इमरान ताहिर, पप्पु यादव र मयन यादव छन्।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend