काठमाडौं । विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने कांग्रेसका नेताहरूले पार्टीको महाधिवेशन सार्ने षड्यन्त्र नगर्न चेतावनी दिएका छन् ।
विशेष महाधिवेशनका लागि हस्ताक्षरका तर्फबाट बिहीबार काठमाडौंमा आयोजित १५ औं महाधिवेशनको तयारी बिषयक अन्तरक्रियामा उनीहरूले नियमित महाधिवेशन अवरुद्ध भए विशेष महाधिवेशन हुने भन्दै महाधिवेशन सार्ने षड्यन्त्र नगर्न चेतावनी दिएका हुन् ।
कार्यक्रममा कांग्रेसका नेता गुरुराज घिमिरेले केन्द्रीय समितिबाट पारित कार्यतालिकामा तलमाथि भए विशेष महाधिवेशनको अवस्था आउने बताए । निर्धारित गरिएको पार्टीको नियमित सार्ने खेलमा नलाग्न उनको सुझाव छ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend