logo
  • शुक्रबार, असोज ३० २०८३

लुम्बिनीको प्लेअफ सम्भावना कायमै, विराटनगरले गुमायो अवसर


  • बुधबार, मंसिर १८ २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ५ विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावना कायमै राखेको छ ।

बुधबार भएको खेलमा विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

लुम्बिनीको जितमा ओपनर डार्सी सर्टले अर्धशतक प्रहार गरे । डार्सीले ४४ बलमा ५७ रनको योगदान दिए ।

सुमित महर्जन १०, कप्तान रोहित पौडेल ०, सन्दीप जोरा २४ र दिलिप नाथ १६ रनमा आउट भए । निरोशन डिक्वेला २९ र शेर मल्ल एक रनमा अविजित रहे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend