logo
  • शनिबार, कार्तिक १ २०८३

बुटवल कृषि उपज केन्द्रको टेन्डर अविलम्ब खोल्न मन्त्रालयको निर्देशन


  • मंगलबार, मंसिर १७ २०८२

बुटवल , मङ्सिर  १६
लामो समयदेखि विभिन्न बहना गर्दे रोकिएको बुटवल कृषि उपज केन्द्रका लागि ६८ वटा सटरमा  टेन्डर  खोल्ने फेरी अर्को सरकारी  निकायको निर्देशन आएको छ ।
रुपन्देही जिल्ला अदालतले दिएको आदेश अटेर गरेको बुटवल कृषि उपज  सञ्चालन समितिलाई  कृषि तथा पशुपक्षी विकास मन्त्रालय कृषि विभागले  पनि अविलम्ब टेन्डर खोल्न निर्देशन दिएको छ ।
 २०८१ भदौ २४ गते कृषि बजार व्यवस्थापन समितिले ६८ वटा सटर भाडामा लगाउने गरी बोलपत्रको सूचना प्रकाशन गरेको थियो ।
सोही अनुसार ६८ वटा सटरका लागि २ सय ६७ वटा बोलपत्र दर्ता भएका थिए । तर अहिलेसम्म खोलिएको छैन । कृषि उपज थोक बजार व्यवस्थापन समिति बुटवललाई मङ्सिर १५ गते पत्र लेख्दै विभागका वरिष्ठ कृषि अर्थ विज्ञ कलशराम चौधरीले अविलम्ब टेन्डर प्रक्रिया अगाडि बढाउन र अदालतको फैसला कार्यान्वयन गर्न निर्देशन दिएका हुन् । सटर बहालसम्बन्धी सम्मानित अदालतको फैसला कार्यान्वयनको लागि विभागले पत्र काटेर सचेत गराएको हो ।
पत्रमा कृषि बजार व्यवस्थापन समितिले २०८१ भदौ २४ गते आह्वान गरेको सटरको बेलपत्रसम्बन्धी मुद्दामा अदालतबाट फैसला भइआएको अवस्थामा पनि सटरको बोलपत्र नखुल्नको कारण समेत माग गरेको हो । अदालतबाट २०८२ कार्तिक २० गते गरेको अन्तिम फैसलाअनुसार सटरको टेन्डर अविलम्ब खोल्नको लागि निर्देशन दिएको थियो ।
विभागले बुटवल उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय रुपन्देही, लुम्बिनी फलफूल तथा तरकारी व्यवसायी सङ्घ रुपन्देहीलाई समेत बोधार्थ पत्र दिँदै ‘सटर बहालसम्बन्धी बोलपत्रको विषयमा सम्मानित जिल्ला अदालत रुपन्देहीबाट अदालतको फैसला कार्यान्वयन गर्ने प्रक्रिया प्रचलित कानुनबमोजिम तुरुन्त अघि बढाउन निर्देशानुसार दिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend