logo
  • शनिबार, कार्तिक १ २०८३

बुटवलका संस्थागत विद्यालयमा छात्रावृत्ति पाएका ३३९ विद्यार्थीसँग अन्तरक्रिया तथा प्रमाणपत्र प्रदान


  • सोमबार, मंसिर १६ २०८२

बुटवल । बुटवल उपमहानगरपालिकाले संस्थागत विद्यालयहरुमा निःशुल्क छत्रावृत्ति अध्ययन गरिरहेका विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण तथा अन्तरक्रिया गरेको छ । उपमहानगरपालिले २०८१ सालमा छात्रावृत्ति प्राप्त गरिरहेका संस्थागत विद्यालयमा निःशुल्क अध्ययन गरिरहेका ३३९ जना विद्यार्थीहरुलाई सोमबार  प्रमाणपत्र प्रदान गरि अन्तरक्रिया गरेको हो ।

सो अवसरमा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले छात्रावृत्तिको लागि बुटवल उपमहानगरपालिकाले कुनै पनि हस्तक्षेप नगरि अनुगमन मात्रै गरेको बताए ।  साथै प्रमुख पाण्डेयले बुटवललाई चलायमान गराउनका लागि यहाँका शैक्षिक संस्थाहरुको महत्वपूर्ण योगदान गरेको बताए ।

बुटवल उपमहानगरपालिकाल भित्रका विद्यालयमा अहिले १ लाख भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको बताउँदै प्रमुख पाण्डेयले ६० प्रतिशत भन्दा धेरै विद्यार्थीहरु बाहिरबाट आएर अध्ययन गरिरहेको बताए ।

‘बुटवल उपमहानगरपालिका भित्र अहिले १ लाख भन्दा बढी विद्यार्थीहरु अधययनरत छन् । ती मध्य ६० प्रतिशत बढी बाहिरबाट आएर अध्ययन गर्नेहरु छन् । यसकारणले बुटवललाई चलायमान बनाउका लागि शैक्षिक संस्थाहरुको महत्वपूर्ण योगदान रहेको छ,’– उनले भने ।

यस्तै बुटवल उपमहानगरपालिकाले शिक्षालाई विशेष प्राथमिकतामा राखेको र शिक्षामा कुल बजेटको २६ प्रतिशत विनियोजन गरिएको समेत प्रमुख पाण्डेयले बताए ।

साथै प्रमुख पाण्डेयले बुटवललाई समृद्ध, राजश्व बढी उठाउने र विकासको सहरको रुपमा विकास गर्न लागि आफु निर्वाचित भएदेखि नै लागेको बताए ।

उपप्रमुख सवित्रादेवि अर्यालले पनि बुटवल उपमहानगरपालिकाले शैक्षिक क्षेत्रको विकासका लागि सक्दो प्रयास गरिरहेको बताइन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै विद्यार्थी स्मृति सापकोटा, मधुसुदन पौडेल, कृपा घिमिरे, स्वस्तीका भण्डारी, युजिमा बुढाथोकी लगायतका विद्यार्थीहरुले  उपमहानगरपालिकाले पहलमा नै आफुहरुले छात्रबृत्ति पाउन सफल भएको बताएका थिए । उनीहरुले निःशुल्क रुपमा छात्रबृत्तिको रुपमा अध्ययन गर्न पाएको खुशि व्यक्त गरे ।

बुटवल उपमहानगरपालिकाले १० प्रतिशत निःशुल्क छात्राबृत्तिलाई कडाईका साथ लागु गरे पछि विपन्न वर्ग र जेहेन्दार विद्यार्थीहरु यसबाट लाभान्वित बनेका छन् । छात्रवृत्ति पाएक विद्यार्थीहरुले कक्षा ११ र १२ निशुल्क रुपमा अध्ययन गर्न पाउने छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend