बुटवल ,मङ्सिर १२
रुपन्देही खुद्रा किराना व्यवसायी सङ्घ रुपन्देहीको १९ औँ स्थापना दिवसको अवसरमा आज शुक्रवार अनाथ आश्रम
तिलोत्तमा नगरपालिका वार्ड ६ रहेको आश्रममा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न गरिएको छ।
खुद्रा किराना व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष गोपाल प्रधानको अध्यक्षता भएको कार्यक्रममा खुद्रा किराना व्यवसायी सङ्घ संस्थापक अध्यक्ष टिकाराम गैरेको प्रमुख आथित्थ्यमा भएको थियो ।
बेला बेलामा विभिन्न सामाजिक काम गर्दै आएको खुद्रा किराना व्यवसायी सङ्घले आश्रम विभिन्न खाद्यान्न प्रदान गरेको अध्यक्ष गोपाल प्रधानले बताए। आश्रम बसेका विद्यार्थीहरूलाई खाद्यन्यको समस्या नहोस् भन्ने उद्देश्यले संस्थाले खाद्यान्न हस्तान्तरण गरेको श्रेष्ठले बताए । उक्त अवसरमा संस्थाका पूर्व अध्यक्ष केशव कुवर,कमला गौतम,गंगाधर न्यौपाने,सल्लाहकार दधिराम (गोपाल) ज्ञवाली लगायत बोल्दै खुद्रा किरानाले विगतमा थुप्रै सामाजिक कार्य गरेको उल्लेख गर्दे आश्रम खाद्यान्न सहयोग गर्नु महत्पूर्ण कार्य भएको बताएका थिए।उक्त अवसर संस्थाका सल्लाकार केशव कुवर आश्रम सञ्चालिका मैनादेवी भण्डारीलाई खुद्रा किराना व्यवसायी सङ्घले सम्मान गरेको थियो ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend