बुटवल ,मंसिर ८
अखिल नेपाल फुटबल सङ्घको वार्षिक कार्यक्रम अनुसार रुपन्देही जिल्ला फुटबल संघले विद्यालयहरूको लागि फुटबल वितरण कार्यक्रम सोमबार सम्पन्न गरेको छ l
अखिल नेपाल फुटबल संघका केन्द्रीय उपाध्यक्ष दीर्घबहादुर केसी कुमारको प्रमुख आतिथ्यतामा ,अखिल नेपाल फुटबल सङ्घ एन्फाका केन्द्रीय महासचिव किरण राईको विशिष्ट अतिथ्यतामा रुपन्देही जिल्लाका सामुदायिक तथा संस्थागत १३वटा विद्यालयहरूलाई फुटबल खेल विद्यालयहरूमा ग्रास रुटबाटै विकास र विस्तार गर्ने फुटबलको अन्तर्राष्ट्रिय फुटबल महासङ्घ(FIFA) को नीति अनुसार वितरण गरिएको होl
कार्यक्रममा नवीन औद्योगिक कदरबहादुर रिता माविका विद्यार्थीहरूले विद्यालयका सांस्कृतिक संयोजक अर्जुन शाह ठकुरीको नेतृत्वमा रोचक आधुनिक सामूहिक नृत्य र थारु झुम्रा नृत्य प्रस्तुत गरेका थिए। अक्सफोर्ड बोर्डिङ स्कुल र लुम्बिनी वर्ल्ड स्कुलका विद्यार्थीहरूले पनि नृत्य प्रस्तुत गरेका थिए। नवीन औद्योगिक कदरवायो रिता मावि रहेको राष्ट्रिय सेवा दल सिनियर डिभिजनका २० औँ क्याडेटहरूले राष्ट्रिय सेवा दलका हुद्दा शेरबहादुर कठायत, पिउठ सुशीला पुन र विद्यालयका खेल प्रशिक्षक तथा राष्ट्रिय सेवा दलका समन्वय शिक्षक दीपक कुमार क्षेत्रीको सहजीकरणमा डिल र एरोबिक्स नृत्य प्रस्तुत गरेका थिएl


कार्यक्रममा विद्यालयको तर्फबाट विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यालयको लागि २० थान फुटबल प्राप्त गर्नुभएको थियो। विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको कार्यक्रममा विद्यालयका आधारभूत तह इन्चार्ज जिवराज पन्त, शिक्षकहरू युवराज पाण्डे ,किशोर गौतम ,कुसुम अर्याल र अन्जु रानाभाट लगायतले १४ वर्ष मुनिका खेलाडी तथा अन्य विद्यार्थीहरूलाई सहजीकरण गर्नुभएको थियो।
रुपन्देही जिल्ला फुटबल संघका अध्यक्ष लोकपुनको अध्यक्षतामा रवि राणाको सञ्चालनमा सम्पन्न कार्यक्रममा एन्फा टेक्निकल सेन्टरका डाइरेक्टर बुद्धि गुरुङ रुपन्देही जिल्ला फुटबल संघका पदाधिकारी तथा सदस्यहरू विभिन्न विद्यालयका प्रधानाध्यापक तथा प्राचार्य र खेल शिक्षकहरूको सहभागिता रहेको थियो।