logo
  • शुक्रबार, असोज ३० २०८३

श्रीमतीको हत्या गरी भारत पसेका अमानुल्लाह प्रहरी नियन्त्रणमा


  • बुधबार, साउन १० २०८०

बारा ।

आफ्नै श्रीमती २३ बर्सिया यास्मिन खातुनको हत्या गरेको अभियोगमा भारत बिहार प्रान्त पूर्वी चम्पारण ग्राम पञ्चायत पकडी–१४  बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहलाई  प्रहरीले पक्राउ गरेको छ ।

सिम्रौनगढ नगरपालिका–६ बयलहट्टी बजारस्थित माइती घरमा बस्दै आएकी यास्मिनलाई अमानुल्लाहले माइती घरमा आएर धारिलो हतियार प्रयोग गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सिमरौनगढबाट खटिएको प्रहरीले आज बिहान उनलाई पक्राउ गरेको हो ।

साथै अमानुल्लाहलाई स्थानीयवासीले कुटपिट गर्दा घाइते भएकोमा उनको प्रहरीको निगरानीमा जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend