logo
  • शनिबार, कार्तिक १ २०८३

निर्वाचनमा भाग लिने कांग्रेसको औपचारिक निर्णय


  • शनिबार, मंसिर ७ २०८२

काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको छ । शनिबार बसेको पार्टी केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको हो।

‘२०८२ फागुन २१ गते हुने गरी प्रतिनिधि सभाको निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान राजनीतिको उचित निकास निर्वाचन नै हो भन्ने ठहर गर्दै नेपाली कांग्रेस निर्वाचनमा भाग लिने निर्णय गर्दछ’, बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

निर्वाचन मार्फत् नै संविधानको रक्षा तथा जेनजी प्रदर्शनका क्रममा परिवर्तनका लागि उठाइएका आवाजलाई संस्थागत रूप दिँदै देशलाई अघि बढाउन सकिन्छ भन्ने दृढ विश्वास रहेको कांग्रेसको भनाइ छ ।

कांग्रेसले निर्वाचनका लागि भयरहित वातावरण अपरिहार्य रहेको जनाएको छ । ‘तर हाल हजारौँ कैदीबन्दी फरार रहनु, ठूलो परिमाणमा हातहतियार हराइरहनु, राजनीतिक दलहरूले निर्वाध रूपमा आफ्ना कार्यक्रम सञ्चालन गर्न नपाउनु र निर्वाचनका लागि आवश्यक न्यूनतम अवस्था पनि स्थापित हुन नसकनु— यी सबै परिस्थितिहरू अत्यन्त गम्भीर छन्’, कांग्रेसले भनेको छ, ‘तत्काल शान्ति–सुरक्षामा सुधार ल्याउन, सुरक्षाकर्मीको मनोबल उच्च बनाउन तथा आम नागरिकमा भयमुक्त वातावरण सुनिश्चित गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ ।’

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend