logo
  • शुक्रबार, असोज ३० २०८३

आवाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ  वार्षिक साधारण सभा


  • शनिबार, असोज ४ २०८२

बुटवल । ४
बुटवल  उपमहानगरपालिका  वार्ड ६ नेपालगन्ज रोडमा प्रधान कार्यालय रहेको आवाज बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ  वार्षिक साधारण सभा आज बुटवलमा सम्पन्न भएको छ ।
साधारण सभामा राष्ट्रिय सहकारी महासङ्घ लेखा सुपरिवेक्षण समिति संयोजक भीम तुलाचनले  २०१३ साल देखी सहकारी अभियान सुरु भएकोमा अहिले  तुहाउने प्रयास भएकाले सहकारी अभियन्ता अब जाग्न जरुरी रहेको बताउनु भयो । सरकार स्थिर नहुँदाको परिणाम  सहकारीले पनि भोग्नु  परेको बताउनु हुँदै उहाँले सहकारीको कामले समाजलाई राम्रो सन्देश दिनु पर्ने बताउनु भयो । उहाँ सहकारी मापदण्ड र निर्देशिका अनुसार चलेकाले यसमा कुनै समस्या नरहएको र सहकारी अभियानमा आवाजले उत्कृष्ट सेवाको सन्देश दिएको बताउनु भयो
संस्थाका निवर्तमान अध्यक्ष बाबुराम बन्जाडेले  सहकारी मार्फत बैङ्क खोल्ने उद्देश्यले संस्था स्थापना गरेको स्मरण गर्दै बैङ्क भन्दा  सहकारीले नै उत्कृष्ट सेवा दिने भएकाले  सहकारीको विकास गरिएको बताउनु भयो ।

सल्लाहकार राम प्रसाद खरेलले  सहकारीमा  स्वनियमन महत्त्वपूर्ण कुरा रहेको बताउनु हुँदै शेयर सदस्य सक्रिय हुन जरुरी रहेको बताउनुभयो ।
छिमेकी सहकारी  धनबर्षा बचत तथा ऋण सहकारीका अध्यक्ष  राधाकृष्ण देउजा सरकारले सहकारी एकीकृत योजना लिएमा आवाजसँग मर्ज हुन तयार रहेको बताउनु भयो ।
सहकारीका अध्यक्ष जीवन कुमार अधिकारीले वार्षिक प्रतिवेदन पेस गर्नु हुँदै सहकारीको श्रीवृद्धिको लागि सञ्चालक समितिले निकै सुझबुझका काम गरेको बताउनु भयो ।  आगामी दिनमा सहकारी सदस्य वृद्धि गर्ने , युवा र महिला  केन्द्रित कार्यक्रम गर्ने योजना पेस गर्नु भयो ।  संस्थाका सचिव बालकृष्ण पाण्डेको सञ्चालनमा भएको साधारण सभा सभामा लेखा समिति संयोजक राजीव गौतमले सहकारीका मूल्य मान्यता र मार्गनिर्देशनलाई अङ्गीकार गरेको आफूले पाएको बताउँदै सहकारीको सबै ईन्डिकेटर सकारात्मक रहेको बताउनु भयो । सहकारीका कोषाध्यक्ष स्वराजकुमार  जैवालले सहकारीको कुल वासलात २६ करोड ३२ लाख ८७ हजार १ सय ७४ रहेको जानकारी दिनु भयो ।
साधारण सभामा बाल बचतकर्ता  ग्रृष्मा न्यौपाने, उत्कृष्ट शेयर सदस्य वसन्त राना ,  उत्कृष्ट कारोबारी रोजिन मिया, उत्कृष्ट बचतकर्ता गङ्गा शर्मा , उत्कृष्ट कर्मचारी रिता कुमारी आचार्यलाई पुरस्कृत गरिएको थियो

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend