logo
  • शनिबार, कार्तिक १ २०८३

बुटवल उद्योग वाणिज्य संघले गर्यो तोडफोड भएका व्यवसायिक प्रतिष्ठानको अवलोकन


  • सोमबार, भाद्र ३० २०८२

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले जेन–जी आन्दोलनका क्रममा तोडफोड तथा आगजनी भएका सरकारी कार्यालय तथा निजी क्षेत्रका व्यवसायिक प्रतिष्ठानको स्थलगत अवलोकन गरेको छ ।

संघका अध्यक्ष हरिप्रसाद अर्याललको नेतृत्वमा निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजू, संघका उद्योग उपाध्यक्ष सुरज भट्टराई, वाणिज्य उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल, सचिव प्रतिक पोखरेल, सहकोषाध्यक्ष धनकुमारी खनालसहित कार्यसमिति सदस्यहरु समेतको टोलीले बुटवल तथा आसपासका क्षेत्रमा तोडफोड तथा आगजनी गरिएका व्यवसायिक प्रतिस्ठानहरुमा स्थलगत अवलोकन गर्नुको साथै उद्योगी व्यवसायीहरुलाई सान्त्वना दिएको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend