logo
  • शुक्रबार, असोज ३० २०८३

जनमतका पार्टीका सचिव यादवलाई कारबाही पछि कार्यकर्ताहरु व्यापक आक्रोशित


  • शनिबार, साउन ६ २०८०

बुटवल,साउन ६।

जनमत पार्टीका केन्द्रीय सचिव भूपेन्द्र प्रसाद यादवलाई कारबाही गरेको पत्र सार्वजनिक भए सँगै कार्यकर्ता र समर्थकहरू आक्रोशित बनेका छन्।

पार्टी केन्द्रको निर्णयको विरोध गर्दै कार्यकर्ताहरूले सामाजिक सञ्जालमा चर्को विरोध समेत जनाएका छन् ।

रुपन्देहीका यादवले विगतमा सिके गुप्तालाई लुम्बिनी प्रदेशमा सङ्गठन बलियो बनाउनको लागि साथ दिए पनि अहिले गुटबन्दी गरेको आरोप लगाउँदै केन्द्रीय सचिवालयबाट तिन महिनाको लागि निलम्बन गरेको केन्द्रीय अनुशासन समितिका प्रमुख तथा राष्ट्रिय उपाध्यक्ष दीपक कुमार साहुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनलाई निलम्बन गर्ने निर्णय सार्वजनिक भएसङै पार्टीको केन्द्रीय नेतृत्वसँगै पश्चिम मधेस नै रुष्ट बनेको छ। खासगरी रुपन्देही,नवलपरासी, कपिलवस्तु,बाँके, बर्दियामा जनमत पार्टीका कार्यकर्ताहरू सामाजिक सञ्जालमा मै विरोध जनाएका छन् ।

बर्दिया घर भएका जनमत पार्टीका केन्द्रीय सदस्य मान्सारामयादवले पनि कारबाहीले गतल भएको बताएका छन् ।उनले सामाजिक सञ्जालमा लामो स्टटासट लेख्दै अनुसासनको नाममा व्यक्तिगत स्वतन्त्रा हनन गर्न नपाईने भन्दै कारवाही गलत भएको जनाएका छन् ।

शिक्षक जनमत सङ्घका केन्द्रीय सदस्य रामदेव यादवले भूपेन्द्र पार्टीमा सङ्गठन बनाउन सक्ने,लामो समय देखी काम गरेको मान्छे भ पनि केन्द्रले किन कारबाही ग¥यो भन्ने आफूहरू अलमलमा परेको बताए  उनले भर्ने भूपेन्द्रको केन्द्रीय अध्यक्षसँग पनि राम्रो सम्बन्ध थियो सङ्गठन पनि राम्रो बनाउने काम भएको थियो। किन कारबाही गरे म आफै अचम्म छु ।,गत निर्वाचनमा रुपन्देहीको क्षेत्र नम्बर ४ प्रतिनिधि सभामा लागि उठेका यादवले लोसपाका सर्वेन्द्र नाथ सुक्लासँग पराजित भएका थिए। उनले आफूले हारे पनि रुपन्देहीमा जनमत तेस्रो ठुलो दलको रूपमा रहेको छ यसको श्रेय पनि यादवलाई नै जाने नेताहरू बताउँछन् ।लुम्बिनी प्रदेशमा समेत राम्रो जनमत पार्टीबाट तिन जना सांसद रहेका छन्  स्वतन्त्र मधेस गठबन्धन देखि जनमत पार्टीको सम्मको एघार वर्षको यात्रामा यादवले डा. सिके राउतलाई सधैँ साथ र सहयोग गर्दै आएका थिए ।यस्तै,पार्टीले आयोजना गरेका विभिन्न आन्दोलनहरूमा दर्जनौँ पटक जेलजिवन बिताउनु परेको भए पनि अहिलेको कारबाहीकोे विषयमा आफ्नो कुनी प्रतिक्रिया नभएको बताए।उनले भर्ने कारबाईको विषयमा मेरो केही प्रतिक्रिया छैन,त्यसको मुल्याकन गर्ने आम कार्यकताले गर्ने हो,।सामाजिक सञ्जालमा देखिएकाकतिपय स्ट्याटसमा पार्टीका अध्यक्षडा.सिके राउतलाई सम्बोधन गर्दै भनिएको छ “केही चाप्लुसी र पैसावाला गाडीवालाहरूको कुरा सुनेर इमानदार र पार्टीका अग्रणी नेतालाई बिना कुनै ठोस आधार कारबाईको डन्डा चलाउँदा अलिकति पनि मन दुखेन हजुरको ?यस्तै घर परिवारका अनेक कठिनाइ, आर्थिक सङ्कटका बाबजुद पनि पार्टी सिद्धान्त प्रति कहिल्यै विचलित नभएका यादवलाई फलस्वरूप रामै पुरस्कार दिनुभयो ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend