बुटवल, ९ असार । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ३६ करोड १३ लाख बराबरको बजेट ल्याएको छ ।
नगर सभाको सत्रौं अधिवेशनको तेस्रो बैठकमा आज उपप्रमुख सावित्रादेवी अर्यालले बजेट प्रस्तुत गर्दै चालुतर्फ ४९ प्रतिशत र पूँजीगततर्फ ५१ प्रतिशत रहने अनुमान गरिएको बताइन् ।
बुटवलले आन्तरिक श्रोततर्फ आगामी आर्थिक वर्षमा ९५ करोड आय हुने अनुमान पेश गरेको छ । बुटवललाई आगामी आर्थिक वर्ष २०८२÷८३मा शिक्षा स्वास्थ्य रोजगार पर्यटन र कृषिलाई विशेष प्राथमिकता दिएको छ ।
कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई सहभागी गराइ पढाइसँगै रोजगार सिर्जना गरौं, युवालाई देशमै बस्ने परिस्थिति निर्माण गरौं भन्ने उद्देश्यका साथ ट्राफिक व्यवस्थापनमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई खटाउने कार्यक्रमलाई बुटवलले प्राथमिकता दिएको छ । जसका लागि ५० लाख रुपैयाँ ब्यवस्था गरेको छ।
बुटवललाई पर्यटकीय विश्रामस्थलका रुपमा स्थापित गर्नका लागि पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न ५० लाख र बुटवललाई साँस्कृतिक सहर बनाउनका लागि १ करोड १५ लाख रुपैयाँ छुट्याइएको छ ।
बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२र८३ का लागि ३ अर्ब ३६ करोड १३ लाख को बजेट प्रस्तुत गरेको छ। बजेटमा चालुतर्फ ४९५ ९अन्दाजी १ अर्ब ६४ करोड ७० लाख० र पूँजीगततर्फ ५१५ ९अन्दाजी १ अर्ब ७१ करोड ४३ लाख० छुट्याइएको छ। आन्तरिक स्रोतबाट ९५ करोड आय हुने अनुमान छ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend