logo
  • शुक्रबार, असोज ३० २०८३

लुम्बिनी केवलकारमा घोडाचढी सेवा सुरु 


  • शनिबार, असार ७ २०८२

बुटवल ,असोज ५
लुम्बिनी केबलकारमा घोडाचढी सेवा सुरु भएको छ।
पाल्पाको तिनाउ गाउँपालिका वार्ड ३  माथिल्लो स्टेसन केबलकारको वसन्तपुरमा  घोडा चढी सेवा सुरुवात गरेको हो ।
घोडा चढी सेवाको केबलकारका सञ्चालन लक्ष्मण गौतमले उद्घाटन  गरेका छन् । पर्यटकलाई नयाँ सेवा  सुविधा दिने उद्देश्यले  घोडचढी सेवा सुरुवात गरेको केबलकारका व्यवस्थापन   प्रोज्ज्वल  घिमिरे बताए। केबलकारको माथिल्लो स्टेसनमा भवन परिसरबाट कामाख्यादेवी मन्दिरपरिसर सम्म घोडा चढेर जान सकिन्छ।
लुम्बिनी केबलकारको बुटवल उपमहानरपािलका वार्ड ३ बम घाट तल्लो स्टेसन र   तिनाउको वसन्तपुरमा  माथिल्लो स्टेसन रहेको छ
वसन्तपुर डाँडोमा कामाख्या देवी मन्दिर, दुर्गा माता मन्दिर, जीपलाइन, स्काई साइकलिङ, बाल उद्यान, रेस्टुरेन्ट, सेमिनार हललगायतका पर्यटकीय पूर्वाधारहरू निर्माण गरिएका छन्  ।अहिले  घोडा चढी सेवा थपेर पर्ययटलाई छुटै आनन्द दिने  व्यवस्थापक घिमिरेले बताए । लुम्बिनी केबलकार लिमिटेडले २०८० जेठ १५ गतेदेखि व्यावसायिक रूपमा सेवा सुरु गरेको थियो भने औपचारिक उद्घाटन २०८० जेठ २५ गते भएको थियो।
 पाल्पाको तिनाउ गाउँपालिका–३ वसन्तपुरस्थित लुम्बिनी केबलकार सञ्चालनमा आएको दुई वर्षमा साँढे तीन लाखभन्दा बढी पर्यटकले यात्रा गरेका छन्।हिन्दु धर्मावलम्बी तथा भारतीय पर्यटकहरूकोआकर्षण बढेसँगैबुटवलको बम घाटदेखि वसन्तपुर डाँडोसम्मको यात्रा गर्ने पर्यटकको सङ्ख्या उल्लेखनीय रूपले वृद्धि भएको हो। कम्पनीका अनुसार हालसम्म करिब ५०  हजार  भारतीय पर्यटकले पनि केबलकारको यात्रा गरिसकेका छन्। पछिल्लो समय वसन्तपुरमा चिसो मौसम रमणीय  दिष्यहरु हेर्न पाउने भएकोले यहाँ  भारतीय तथा तराईबाट पर्यटकहरू जाने  गरेको कम्पनीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend