काठमाडौ।
प्राइम कमर्सियल बैंकको साढे १३ लाख बढी कित्ता सेयर बिक्रीमा राखिएको छ। प्राइम बैंकको संस्थापक समूहको १३ लाख ५० हजार १० कित्ता सेयर बिक्रीमा राखिएको हो। यो सेयर विद्यमान संस्थापक सेयरधनीहरुका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्। बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १२० रुपैयाँ तोकिएको छ। यसर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ। अधिकतम सेयर संख्याका लागि कुनै हद लाग्ने छैन। खरिद आवेदन काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटलको कार्यालयमा दिनुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति साउन १७ गतेसम्म तोकिएको छ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend