logo
  • शुक्रबार, असोज ३० २०८३

भीम रावल पुनः एमालेमा सक्रिय, अछाममा गरे कार्यकर्ता भेला


  • मंगलबार, साउन २ २०८०

काठमाडौँ।

नेकपा एमालेका नेता भीम रावल पुनः पार्टीमा सक्रिय भएका छन् ।गृह जिल्ला अछाम पुगेका पूर्व उपाध्यक्ष रावल पुनः पार्टीमा सक्रिय भएका हुन् । अछाम, साँफेबगरमा एमालेका नेता र कार्यकर्ताहरूसँग उनले पार्टीका गतिविधि र काम कारबाहीका बारेमा छलफल गरेका छन् । उनले त्यसको भिडियो पनि सामाजिक सञ्जालमा राखेका छन् ।

चितवन महाधिवेशनमा अध्यक्ष केपी ओलीसँग प्रतिस्पर्धामा उत्रिएका रावल पछिल्लो समयमा पार्टी गतिविधिबाट टाढा रहँदै आएका थिए  । केन्द्रीय सदस्य पदसमेत अस्वीकार गरेका रावलले पार्टीको पद तथा गोपनीयताको शपथसमेत लिएका थिएनन् । उनलाई पार्टीमा सक्रिय बनाउनका लागि वार्ता टोली गठनसमेत गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend