logo
  • शुक्रबार, असोज ३० २०८३

दुई संसदीय समितिको बैठक बस्दै


  • सोमबार, कार्तिक १३ २०८०

काठमाडौँ ।

सोमबार एकैपटक दुई वटा संसदीय समितिको बैठक बस्दैछ । दुई वटै समितिको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । पूर्वाधार विकास समितिको बैठकमा दसैँ, तिहार तथा छठ लगायतका पर्वहरूमा देशभर ठुलो सङ्ख्यामा यात्रुहरूको आवतजावत हुने हुँदा सडक पूर्वाधारको अवस्था र यात्रुहरूलाई सहज रूपमा यातायातको प्रबन्ध गर्न दिएको निर्देशन र सो सम्बन्धमा मन्त्रालयले गरेको कामको समीक्षा हुनेछ ।

त्यस्तै ललितपुर ग्वार्कोस्थित फ्लाई ओभर, कालिमाटीस्थित विष्णुमती खोलामा निर्माण सम्पन्न भई सञ्चालनमा नरहेको पुल र चक्रपथ बिस्तार आयोजना अन्तर्गतको कलङ्कीदेखि वसुन्धरा क्षेत्रको स्थलगत निरीक्षणका बारेमा छलफल हुनेछ । यसैगरी विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि  छलफल हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend