logo
  • शुक्रबार, असोज ३० २०८३

प्रधानन्यायाधीश श्रेष्ठ चीन प्रस्थान


  • आइतबार, कार्तिक १२ २०८०

११ कात्तिक, काठमाडौं ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ चीन भ्रमणमा गएका छन् । चीनको सुप्रिम पिपुल्स कोर्ट अफ चाइनाका अध्यक्षको निमन्त्रणामा श्रेष्ठ नेतृत्वको टोली चीन भ्रमणमा गएको हो ।

प्रधानन्यायाधीशको टोलीले कात्तिक १५ देखि १७ गतेसम्म चीनको सुप्रिम पिपुल्स कोर्ट अफ चाइनाको औपचारिक भ्रमण गर्नेछ

त्यसक्रममा सुप्रिम पिपुल्स कोर्ट अफ चाइनाका अध्यक्ष तथा अदालतका उच्च अधिकारीसँग औपचारिक भेट गर्नुका साथै कानुन र न्याय प्रणालीसँग सम्बन्धित आपसी सहयोगका क्षेत्रहरुमा छलफल गर्ने कार्यक्रम रहेको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए ।

त्यसअघि नेपाली भ्रमण टोलीले सिञ्ज्याङ प्रदेशमा चाइना ल सोसाइटीले कात्तिक १२ देखि १४ सम्म आयोजना गर्ने सेन्ट्रल एसिया एण्ड साउथ एसिया लिगल फोरमको कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानन्यायाधीशको भ्रमण टोलीमा उनकी पत्नी रोशनी अमात्य श्रेष्ठ, न्यायाधीश डा. आनन्दमोहन भट्टराई र उनकी पत्नी पुष्पा भट्टराई, सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर र शाखा अधिकृत नविनकुमार यादव सहभागी छन् । प्रधानन्यायाधीश श्रेष्ठको टोली १७ कात्तिकमा स्वदेश फर्किने कार्यक्रम छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend