logo
  • शुक्रबार, असोज ३० २०८३

दशैंमा राष्ट्रपतिले सर्वसाधारणलाई टीका लगाइदिने


  • बिहिबार, कार्तिक २ २०८०

२ कात्तिक, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले दशैंको टीकाको दिन सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् ।राष्ट्रपति कार्यालयले बिहीबार एक सूचना जारी गरी विशिष्ट व्यक्ति र सर्वसाधारणलाई टीका लगाइदिने समय तालिका सार्वजनिक गरेको छ ।

उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रधानन्यायाधीश, मन्त्रीहरु, सांसद, सरकारी कर्मचारी, प्रहरी, सेनाका अधिकारीलाई टीकाका लागि ७ कात्तिकको दिउँसो २ देखि ३ बजेसम्मको समय तोकिएको छ । त्यस्तै सर्वसाधारणका लागि भने ३ देखि ५ बजेसम्मका लागि समय तोकिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend