logo
  • शुक्रबार, असोज ३० २०८३

कृषिलाई तिनै तहका सरकारले प्राथमिकतामा राख्नुपर्छ पुर्व मन्त्री शाह


  • मंगलबार, असोज ३० २०८०

बुटवल ,असोज २९ ।
नेपाली काँग्रेस केन्द्रीय सदस्य भरत कुमार शाहले कृषिमा आत्म निर्भर बनाउनको लागि तीनै तहका सरकारको एकीकृत कार्यक्रम ल्याउनु पर्ने बताएका छन् ।
नेपाल किसान महासङ्घ लुम्बिनी प्रदेशले बुटवलमा आज विजया दशमीको अवसरमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमका बोल्दै पूर्व अर्थ राज्यमन्त्री समेत रहेका शाहले सरकारले कृषिलाई प्राथमिकता राख्दै आत्मनिर्भर बनाउनुपर्ने बताए ।
उनले कृषिमा आत्मनिर्भर बनाउँदा समग्र देशको अर्थतन्त्र नै सकारात्मक रूपमा अगाडि जाने भन्दै त्यसमा कृषिको उत्पादनमा ध्यान दिनु पर्ने बताए।
उनले भर्ने हामीले कृषिमा केही सुधार गरेका छौ,तर अझै जति उत्पादन हुनुपर्ने त्यो भएको अवस्था छैन,त्यसमा सरकारले किसान मैत्री नीति ल्याउनुपर्छ।,
उनले सिँचाई,मल,बजारीकरण,भण्डारण आदिको व्यवस्थापन राज्यले नगर्दा कृषि क्षेत्रमा समस्या भएको बताए ।
शाहले श्रीलङ्का जस्तो देशको आफ्नो आर्थिक अवस्था सुधार भएको उदाहरण दिँदै नेपालले पनि केही समस्या भए पनि बिस्तारै सुधार हुँदै गएको बताए ।
उनले अर्थतन्त्र सुधार गर्नु जिम्मा नेपालीहरूकै भएको बताए। उनले सङ्घीयता प्रसङ्ग उठाउँदै सङ्घीयता आफै खराब व्यवस्था नभएको तर केही खर्चको विषयमा व्यवस्थापन गर्नुपर्ने बताए ।
उनले सङ्घीयताले सिंह दरबारको अधिकार,प्रदेश,स्थानीय तहका आएको छ,त्यसलाई प्रयोग गर्ने हो विरोध गर्ने होइन,। उनले हिजो एक लाख रुपैयाँको बजेट माग्न काठमाडौँ जाने जनताहरूलाई अहिले प्रदेश र स्थानीयले सहज रूपमा बजेट प्राप्त गर्न सकेका छन्। त्यसलाई त्यसलाई सकारात्मक रूपमा लिनुपर्छ। नेपाल किसान सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष वेग बहादुर कुवरको अध्यक्षता भएको कार्यक्रमका नेपाली काँग्रेस लुम्बिनी सदस्य बालकुमारी भण्डारी,रुपन्देही क्षेत्र नम्बर २का सभापति प्रजापाला गिरी ,नेपाल काँग्रेस नेतृ रिता सेन,भूमि आयोग रुपन्देहीका अध्यक्ष हरि बहादुर क्षेत्री आचार्य,किसान सङ्घ कपिलवस्तु जिल्ला अध्यक्ष गङ्गा विष्ट लगायत बोलेका थिए।
किसान सङ्घ प्रदेश सचिव रिता के।सिको सञ्चालनमा भएको कार्यक्रमका हालै नेपाली काँग्रेस केन्द्रीय सदस्य मनोनीत भएका भरत शाह र क्षेत्रीय सभापति निर्वाचित प्रजापाला गिरीलाई सम्मान गरिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend