बुटवल २३ असोज २
बुटवल । बुटवल उद्योग वाणिज्य सङ्घको आज नयाँ नेतृत्व चयन भएको छ । सङ्घको २५ औँ अधिवेशन अन्तरगत भएको निर्वाचनमा प्रतिस्पर्धी दिनेशप्रसाद श्रेष्ठलाई पराजित गर्दै हरिप्रसाद अर्याल प्यानलसहित निर्वाचित भएका हुन् । एक हजार ७ सय ७८ मतदाता रहेकामा १५०६ मत खसेको थियो ।जसमा अर्यालले ७७६ र श्रेष्ठले ६८८ मत प्राप्त गरेका छन्।
९ जना पदाधिकारी र १७ जना कार्यसमिति सदस्यमा पदाधिकारीमा अर्याल प्यानलका भेषराज गैरे बाहेक अर्याल प्यानलकै उम्मेदवारले जितेका छन् ।
अर्याल सङ्घका पूर्व वाणिज्य उपाध्यक्ष हुन् भने श्रेष्ठ वर्तमान कार्यसमितिको वरिष्ठ उपाध्यक्ष हुन् । अर्याल यसअघिको अधिवेशनमा उज्ज्वल कसजूसंग अध्यक्ष पदमा प्रतिस्पर्धा गरेर पराजित भएका थिए । अर्याल र श्रेष्ठले ९ पदाधिकारी र १७ कार्यसमिति सदस्य पदका लागि छुट्टाछुट्टै प्यानल बनाएर प्रतिस्पर्धा गरेका थिए ।
यस पटकको निर्वाचनमा सबै धेरै मत अन्तर पारेर सह कोषाध्यक्ष पदमा धनकुमारी खनाल निर्वाचित भएकी छन् । उनले जाकिर हुसेनलाई ठुलो अन्तर पारेर पराजित गरिन् खनालले ८३० मत ल्याउँदा जाकिरले ६ ३३ ल्याएका थिए ।१९९ मतको फराकीलो अन्तर रहेको छ ।
बुटवल उद्योग वाणिज्य सङ्घमा यो मतको अन्तर सबै धेरै रहेको छ । बुटवल उद्योग वाणिज्य सङ्घको इतिहास पहिलो पटक महिला पदाधिकारी रूपमा खनाल पुगेको हुन्
त्यस पनि सबै भन्दा धेरै मत ल्याउँदा उनको नेतृत्व क्षमताको उद्योगी व्यापारी क्षेत्र चर्चा चलिएको छ । न्यु आर बि सप्लायर्स बुटवल ९ कालिका पथकी प्रोप्राइटर धन कुमारी खनाल ९सविता ० बुटवल उद्योग वाणिज्य सङ्घमा २०६८ देखि दुई कार्यकाल सदस्य , महिला उद्योगी सल्लाहकार रूपमा काम गरेको अनुभव रहेको छ । यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश ५ को महिला समिति सदस्य भएका काम गरेकी थिइन् । बुटवलका विभिन्न सामाजिक सङ्घ संस्थामा जोडिएर काम गरेकी कारणले अहिले आफूलाई मतदाताले रुचाएको बताउँछिन् ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend