logo
  • शुक्रबार, असोज ३० २०८३

बुटवल उद्योग वाणिज्य सङ्घमा युवा उद्योगी कृष्ण प्रसाद पाण्डेको उम्मेदवारी


  • मंगलबार, असोज १६ २०८०

बुटवल,असोज १६
बुटवल उद्योग वाणिज्य सङ्घ  निर्वाचनको  माहौल  तीव्र रूपमा अगाडि बढेको छ ।  बुटवलका उद्योग वाणिज्य  सङ्घमा  युवा उद्योगी कृष्ण प्रसाद  पाण्डेयको उम्मेदवारी रहेको छ ।
सङ्घको यही  १९ गते  सुरु हुने अधिवेशनमा  अहिले दुई प्यानल बनाएर उद्योगी व्यवसायीहरू  नेतृत्व लिनको लागि मैदानमा पुगेका छन् । सोही क्रममा  अहिले  दिनेश श्रेष्ठ र  हरि  प्रसाद  अर्यालले छुटा छुटै प्यानल बनाए मैदानमा उत्रिएका छन् । महालक्ष्मी मसाल उद्योगका प्रोप्राइटर कृष्ण प्रसाद पाण्डेले  दिनेश  श्रेष्ठको प्यानलबाट मैदान  गएका छन् । युवा तथा सामाजिक रूपमा विभिन्न सङ्घ संस्थाको  नेतृत्व गरेका पाण्डे  व्यवसायी समस्याहरू नीतिगत रूपमा राज्य सँग पुराउन सक्ने क्षमता  राख्ने दाबी गर्दछन् । उनले रुपन्देही किराना व्यावसायिक सङ्घको  महा सचिव हुँदै अहिले सल्लाहकार रहेका छन् । यस्तै बुटवल उद्योग वाणिज्य सङ्घको बस्तुगत समिति सभापति रहेका छन् । मानव अधिकारी तथा शान्ति समाजको रुपन्देही सचिव समेत रहेका पाण्डेय  प्रस्ट वक्ताको रूपमा चिनिन्छन् । बुटवलको मिलन चोकमा किरानावाट आफ्नो व्यवसाय सुरु गरेका पाण्डेय अहिले उद्योग सम्म बन्नको लागि  सफल भएका हुन् । बुटवल उद्योग वाणिज्य सङ्घमा एक हजार ७ सय ७८ व्यवसायी आबद्ध छन् । मतदान असोज २२ गते हुँदै छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend