logo
  • शुक्रबार, असोज ३० २०८३

बुटवल उद्योग वाणिज्य सङ्घमा पहिलो  पटक पदाधिकारीमा महिला  भिड्दै


  • मंगलबार, असोज १६ २०८०

बुटवल,असोज १६
बुटवल उद्योग वाणिज्य सङ्घ  निर्वाचनको  माहौल  तीव्र रूपमा अगाडि बढेको छ । सङ्घको यही  १९ गते उद्घाटन हुने अधिवेशनमा २० गते मनोनयन र  २२  गते मतदान हुने कार्यक्रम रहेको छ ।  अहिले  दिनेश श्रेष्ठ र  हरि  प्रसाद  अर्यालले छुटा छुटै प्यानल बनाए मैदानमा उत्रिएका छन् । सोही क्रमको बुटवलको उद्योग वाणिज्य सङ्घको इतिहासमा पदाधिकारीमा  पहिलो पटक महिला धन कुमारी खनाल ( सविता ) ले सह कोषाध्यक्ष  उम्मेदवारी दिने  विषय चर्चा पाएको छ ।
न्यु आर बि सप्लायर्स बुटवल ९ कालिका पथकी  प्रोप्राइटर धन कुमारी खनाल (सविता ) बुटवल उद्योग वाणिज्य सङ्घमा २०६८ देखि दुई कार्यकाल सदस्य ,  महिला उद्योगी सल्लाहकार  रूपमा काम गरेको अनुभव रहेको छ । यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ  प्रदेश ५ को महिला समिति सदस्य भएका कारणले उद्योगीहरूका समस्या तथा नीतिगतरुपमा  ब्याबसाहिका  आवाज उठाउन सक्ने  महिलाको रूपमा परिचित  छन् । रुपन्देहीको गैडहबा गाउँपालिका पालिका ८ मा मरासिनी  एकीकृत कृषि एग्रो फर्ममा दर्ता भई माछा कुखुरा हाँस  बाख्रा पालन ब्याबसाय सञ्चालन पनि लामो समयदेखि गर्दै आएकी छन् । उनले  बुटवलका  विभिन्न सामाजिक सङ्घ संस्थामा जोडिएर काम गरेकी छन् । बुटवल उद्योग वाणिज्य सङ्घमा एक हजार ७ सय ७८ व्यवसायी आबद्ध छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend