बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीको ७० औ वार्षिक साधारण तथा २५ औ अधिवेशनमा यही असोज १९ गतेदेखि सुरु हुँदै छ । १९ गते उद्धाटन , २० गते मनोनयन र २३ गते मतदान हुने बुटवल उद्योग बार्णिय सङ्घ चुनावलाई यस क्षेत्र उद्योगी व्यापारीहरूले चासोका साथ हेरेका छन् ।
नयाँ नेतृत्वको लागि अहिले दुई समूह बनाएर मैदान जाने तयारी भएको छ । भने उम्मेदवार पनि दुई प्यानलमा पत्रकार सम्मेलन गरेर घोषणा गरेका छन् ।यस क्षेत्रकै पुरानो तथा धेरै उद्योगी व्यवसायी आबद्ध रहेको सङ्घको नेतृत्वका लागि व्यवसायीहरू दुई छुट्टाछुट्टै समूह बनाएर आन्तरिक प्रचारप्रसार तथा भेटघाटमा जुटिरहेका छन् ।
सङ्घको पूर्व वाणिज्य उपाध्यक्ष तथा यस अघिका अध्यक्षका प्रत्याशी हरिप्रसाद अर्याल र वरिष्ठ उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ छुट्टाछुट्टै समूहमा आफूलाई जिताउन आग्रह गर्दै व्यवसायीदेखि विभिन्न समूहसम्म प्रचार प्रसारमा अगाडि बढेका छन् । अधिवेशनले तीन वर्षे कार्यकालको लागि नयाँ नेतृत्वको लागि हिजो बुटवलमा दिनेश श्रेष्ठले प्यानल घोषणा गरेका थिए भने आज हरि प्रसाद अर्याल प्यानलले उम्मेदवारी घोषणा गरेको छ ।
अर्यालको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष टक प्रसाद गैरे, उद्योग उपाध्यक्षमा सुरज भट्टराई, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई श्रेष्ठ , महासचिवमा मुक्ति अधिकारी, कोषाध्यक्षमा वसन्त प्रसाद ढकाल, सचिवमा भेषराज गैरे तथा सह९कोषाध्यक्षमा धना कुमारी खनाल रहने गरी उम्मेदवारी घोषणा गरेका छन् ।
दिनेश प्रसाद श्रेष्ठ प्यानलमा वरिष्ठ उपाध्यक्षमा टक गैरे, उद्योग उपाध्यक्षमा नवीन श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा विमलराज भट्टराई, महासचिवमा बाबुराम विक, कोषाध्यक्षमा प्रकाशकुमार श्रेष्ठ र सचिवमा प्रतीक पौडेललाई अघि सारेर चुनावी प्रतिस्पर्धा गर्ने तयारीमा छन् ।
वरिष्ठ उपाध्यक्षको उम्मेदवार रूपमा खुलेका टक प्रसाद गैरे र वाणिज्य उपाध्यक्षमा खुलेका विमल भट्टराई अर्यालको प्यानलले पनि आफ्नो समूहमा राखेको छ । अध्यक्ष पदका उम्मेदवार अर्यालले बुटवलको बजारमा थप चलायमान बनाई आर्थिक सहरको रूपमा विकास गरिने उल्लेख गरेका छन् । यस्तै श्रेष्ठले कर , तथा अन्य व्यवासयीमा समस्याहरुलाई सम्बोधन गर्ने बताएका छन् । बुटवलमा उद्योग वाणिज्य सङ्घमा पूर्व अध्यक्षहरू निर्वाचनको बेला निकै महत्पूण भूमिका मानिन्छ । सङ्घमा एक हजार ७ सय ७८ व्यवसायी आबद्ध छन्