बुटवल , असोज ८ ।
सोमवार आज विश्व फार्मेसी दिवसको अवसरमा विभिन्न ठाउँमा कार्यक्रम गरी मनाएको छ ।
नेपाल फार्मेसी सङ्घ रुपन्देहीले बुटवलमा पनि शुभकामना आदानप्रदान कार्यक्रम गरी विश्व फार्मेसी दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले औषधि वितरण मात्रै नभएर जनस्वास्थ्यका हिसाबले पनि फर्मासिष्टको धेरै महत्त्व रहेको बताए । फर्मासिष्टका समस्या समाधानको लागि सरकारी तथा गैरसरकारी क्षेत्र औषधि भएको ठाउँमा फर्मासिष्टको दरबन्दी सिर्जना गराउनको लागि प्रदेश तथा सङ्घीय सरकारसम्म पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । फार्मेसी सङ्घले उठान गरेका माग जायज रहेको बताउँदै जायज माग सम्बोधन गर्दा सरकारसँग आग्रह गरेका थिए ।
सङ्घीयताको कार्यान्वयन पछि पनि केन्द्रीकृत मानसिकता त्याग्न नसकेका कारण पदेश तथा स्थानीय तहले राम्रोसँग काम गर्न नपाएको उल्लेख गर्दै प्रदेशमा बनेका कानुन समेत कार्यान्वयनमा आउन नसकेको बताएका छन् ।
कार्यक्रममा नेपाल फार्मेसी सङ्घ रुपन्देहीका अध्यक्ष गणेश सेढाईले राज्यले ‘जहाँ औषधि, त्यहाँ फर्मासिष्ट’लाई अङ्गीकार गरे पनि कार्यान्वयन नहुनु दुःखद रहेको बताउँदै औषधिको प्रयोग हुने ठाउँमा अनिवार्य फार्मेसीको दरबन्दी सिर्जना गर्नुपर्ने माग गरेका छन् ।
सङ्घका रुपन्देही अध्यक्ष सेढाईका अनुसार सन् २०१५ मा नेपाल फार्मेसी सङ्घ गठन गरिएको थियो । त्यस्तै रुपन्देहीमा २०७८ मा जिल्ला शाखा गठन गरिएको थियो । सङ्घका महासचिव उदयबहादुर खत्रीका अनुसार सही औषधिको प्रयोगलाई प्रवर्द्धन गर्नको लागि राज्यका निकायमा फार्मेसीको दरबन्दी सिर्जना गर्नुपर्ने, औषधिको बिक्री वितरण हुने ठाउँमा अनिवार्य फार्मासिष्टको व्यवस्था गर्नुपर्ने सङ्घले माग गर्दै आएको छ ।
फासिस्ट औषधिका विज्ञ हुन्, औषधिको प्रयोगमा देखिने समस्यालाई समाधान गर्न र औषधि वितरणदेखि परामर्शसम्मको चरणमा हुने त्रुटिहरूलाई न्यून गरी बिरामीको स्वास्थ्य रक्षा गर्नमा फार्मासिष्टहरुले अहम् भूमिका खेल्छन् भन्ने कुरालाई सङ्घले जोड दिइएको छ । कार्यक्रममा नेपाल फार्मेसी सङ्घका केन्द्रीय सदस्य ध्रुवकुमार शर्मा, लुम्बिनी प्रदेश अध्यक्ष गोविन्दप्रसाद तिवारी, सल्लाहकार धर्मराज भट्टराईले शुभकामना व्यक्त गर्दै विश्वमा गलत औषधिको प्रयोगबाट प्रत्येक वर्ष ४ लाख ४० हजार मानिसको मुत्नुहुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै यो औषधि वितरण हुने स्थानमा फर्मासिष्टको अभावका कारण भएको र सुधारका लागि औषधि औषधि बिक्री वितरण हुने स्थानमा अनिवार्य फर्मासिष्ट हुनु पर्नेमा जोड दिनु भएको थियो ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend