logo
  • शुक्रबार, असोज ३० २०८३

सल्यान जिप दुर्घटना हुँदा   चालक र गाडी धनीको मृत्यु  


  • सोमबार, असोज ८ २०८०

सल्यान, ८ असोज । रोल्पाबाट दाङतर्फ आउँदै गरेको तरकारी बोकेको जिप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठका अनुसार दुर्घटनामा परी चालक तुलसीपुर(१८ का २६ वर्षीय भक्त बहादुर घर्ती र गाडी धनी ५० वर्षका गणेश बुढाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का ३८ वर्षको नारायण योगी घाइते  भएका छन् ।
उनलाई  उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा  ल्याएको छ ।  रोल्पाबाट दाङ तर्फ तरकारी बोकी आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जिप सोमबार  राप्ती राजमार्गको दाङ(सल्यान सडक खण्ड अन्तर्गत सल्यानको कपरकोट गाउँपालिका ३ चोर खोला नजिक सेता पैरामा दुर्घटनामा परेको  प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend