logo
  • शनिबार, कार्तिक १ २०८३

छपियामा भारतबाट अवैध रूपमा ल्याएका कुखुरा किसानद्वारा नियन्त्रणमा 


  • आइतबार, असोज ७ २०८०

छपियामा भारतबाट अवैध रूपमा ल्याएका कुखुरा किसानद्वारा नियन्त्रणमा
बुटवल,असोज ७
रुपन्देहीको सियारी गाउँपालिका  छपिया क्षेत्र भारतबाट अवैध  ल्याएका कुखुराहरू स्थानीय किसानहरू  नियन्त्रणमा लिएका छन् । पछिल्लो समय भारतबाट अवैध रूपमा  कुखुरा ल्याउन  गालेपछि  पछिया स्थानीय कुखुरा पालक किसान गस्ती गर्न थालेका छन् ।  स्थानीय किसानका अगुवा  कृष्ण प्रसाद चौधरीले  शनिवार बिहान भारतबाट अवैध रूपमा ल्याएका ३ वटा मोटर साइलमा कुखुरा नियन्त्रण लिएर इलाका प्रहरी कार्यालय  छपियामा आवश्यक कारबाहीको लागि बुझाएको बताए ।
उनले भारतबाट  अवैध  रूपमा ल्याएका कुखुरा ल्याउँदा नेपाली कुखुरा पालक किसानलाई प्रतिस्पर्धा गर्न कठिन हुने भएको छ । अवैध रूपमा ल्याएका कुखुराहरू स्वास्थ्यमा विषयमा जिम्मेवार केही  नहुँदा उपभोक्तामा समस्या पर्न सक्ने बताए ।  इलाका प्रहरी  कार्यालय  छपियाले  नियन्त्रणमा लिएको १३२ वटा कुखुराहरू पशु करेन्टटाईन भैरहवामा बुझाएको बताएको छ ।  ती  ल्याउने तस्करीबारे पनि  थप अनुसन्धान सुरु भएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend