logo
  • शुक्रबार, असोज ३० २०८३

पैगम्बर हजरत मुहम्मदको जन्मोत्सवमा बुटवलमा विभिन्न कार्यक्रम


  • आइतबार, असोज ७ २०८०

पैगम्बर हजरत मुहम्मदको जन्मोत्सवमा बुटवलमा विभिन्न कार्यक्रम
बुटवल,असोज ७।
ईस्लाम धर्मालम्वीहरुको धर्मगुरु पैगम्बर हजरत मुहम्मद मुस्तफा स्वल्लल्लाहो अलैहेव वसल्लमको १४९८ औं जन्मोत्सवको अवसरमा बुटवलमा विभिन्न कार्यक्रम हुने भएका छन्
रजा–ए–मुस्तफा जामे मस्जिद समिति बुटवल एकले बुटवलका विभिन्न कार्यक्रम गरि पैगम्बरको जन्मोत्सव मनाउने भएको हो ।समितिले असोज ८ गते सोमबार ईस्लामिक विद्यार्थीका विचमा अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता, १० गते बुधबार अनाथ तथा असहायलाई खाद्यान्न, बुधबार साँझ मिलादुननवी कार्यक्रम र असोज ११ गते विहान बुटवलमा ईस्लामिक समुदायको शान्ति ¥याली आयोजना गरेको अध्यक्ष मुहम्मद ईस्माइलले जाकारी दिए ।
आइतबार समितिले पत्रकार सम्मेलन गरेर पैगम्बरको जन्मोत्सव भब्य रुपमा सम्पन्न गर्नका लागि सम्पुर्ण तयारी पुरा भएको ईस्माइलले बताए । इस्लाम समुदायिका ब्यक्ति ब्यक्ति विचमा आपसि भाईचारा विस्तार एवं धर्म संरक्षणका लागि पनि पैगम्बरको जन्मोत्सव महत्वपुर्ण भएकाले कार्यक्रममा सहभागिताका लागि सम्पुर्ण इस्लाम धर्मका अनुयायीहरुलाई अनुरोध गरिएको समितिका बरिष्ट उपाध्यक्ष हाजि अब्दुल सहमतले बताए ।
पैगम्बरको जन्मोत्सवमा प्रत्यक वर्ष कार्यक्रम आयोजना गर्दै आएको र यसवर्षपनि सोको निरन्तरताका लागि बुटवलका विभिन्न खाले सप्ताहब्यापी रचनात्मक कार्यक्रम आयोजना गरिएको उपमहासचिव हसरदिन मियाले बताए ।
बुटवल क्षेत्रका झण्डै ५ हजार मुस्लिम समुदायका ब्यक्तिहरु आवद्ध रहेको रजा–ए–मुस्तफा जामे मस्जिद समिति बुटवलले धर्म गुरु पैगम्बरको जन्मोत्सवमा असोज ७ गतेदेखि ११ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend