२९ असार, काठमाडौं ।
एसीसी इमर्जिङ टिम्स एसिया कपको पहिलो खेलमा नेपालले पाकिस्तान ए विरुद्ध पहिला ब्याटिङ थालेको छ । तर नेपालका दुबै ओपनर सस्तैमा आउट भएका छन् ।
ओपनर मोहमद शेख १२ र कुशल भुर्तेल १ रन बनाउँदै आउट भएका छन् ।भुर्तेल टिमको स्कोर १४ रन हुँदा सहबाज धानीको बलमा बोल्ड भएका हुन् ।
शेख पनि धानीकै बलमा मोहमद तयबको हातबाट क्याच भए ।साविक विजेता समेत रहेको पाकिस्तान ए सिनियर टिमबाट खेलिसकेका मोहम्मद हरिसको कप्तानीमा मैदान उत्रिएको छ ।
© 2026 All right reserved to hamrofuture.com | Site By : SobizTrend