logo
  • शनिबार, कार्तिक १ २०८३

बाँकेको जयेन्दु बाल सुधार गृहमा झडप, रुपन्देहीका केसीको मृत्यु १० जना घाइते


  • शुक्रबार, असोज ५ २०८०

५ असोज
बाँके ,
बाँके जिल्लाको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बाल सुधार गृहमा गएराति दुई पक्षबीच झडप हुँदा १ जनाको मृत्यु भएको छ । झडपमा १० जना भएका छन् ।
सुधार गृहमा रहेकाहरूबीच दुई समूहमा विभाजन भई झडप हुँदा ११ जना घाइते भएका थिए । ती घाइते मध्ये एक जनाको मृत्यु भएको बाँकेमा प्रमुख जिल्ला अधिकारी विपिन आर्चायले बताए । रुपन्देहीका २० वर्षीय सुलभ केसीको मृत्यु भएको भएको हो । जबर्जस्ती करणी मुद्दामा उनलाई सुधार गृहमा राखिएको प्रहरीले जनाएको छ ।
सुधार गृहका झ्यालका सिसा फुटाउँदै सुरक्षामा खटिएका प्रहरीमाथि पनि ढुङ्गा र इँटा प्रहार गरेपछि राति तनावपूर्ण अवस्था सृजना भएको स्थानीयले बताए ।
बालगृहमा तोडफोड र झडप भएपछि रातभर प्रहरी, प्रमुख जिल्ला अधिकारी लगायतको टोली सुरक्षा व्यवस्था मिलाउनको लागि खटिएको थियो । बाँके प्रहरी प्रमुख सन्तोष सिंह राठोरले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to hamrofuture.com  | Site By : SobizTrend